राप्रपाको चुनावी सभा पोखराको वडा वडामा
नगेनन्युज डटकम, ८ मंसिर, पोखरा ।
उपनिर्वाचनको मिति नजिकिदैं गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेता चुनावी दौडमा व्यक्त हुन थालेका छन् । चुनावै घरदैलो अन्तर्गत पोखराको वडा नं. ३३ स्थित भरतपोखरी पुग्नुभएका राप्रपाका उम्मेदवार रोमवहादुर भण्डारीलाई खोजेजस्तै नेता पाएको बताएका छन् ।
भण्डारी जस्ता निःस्वार्थ राष्ट्रवादी हिन्दुराष्ट्र कायम गर्नपर्छ भन्ने पक्षमा लडिरहेका प्रष्ट व्यक्ति नै देशका लागि चाहिने मतदाताहरुको भनाई थियो ।
भरतपोखरी बासीले पार्टी आफ्नो ठाउँमा भए पनि यसपाली भण्डारीका नाउँमा गाई चिन्हमा मत हाल्ने बताएका छन् ।
आइतबार बिहानैदेखि बरिष्ठ उपाध्यक्ष तथा का.वा.अध्यक्ष बुद्धिमान तामाङ सहितको केन्द्रीय नेताहरुको टोलीले उक्त क्षेत्रमा घरदैलो गरेको हो ।
घरदैलो कार्यक्रममा राप्रपा उम्मेदवार रोमबहादुुर भण्डारीले स्थानीयहरुसँग पार्टीभन्दा माथि उठेर गाई चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
चुनावी कार्यक्रममा केन्द्र, प्रदेश, नगर, जिल्ला, वडाका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुको सहभागिता रहेको पार्टीका प्रचारप्रसार संयोजक सूर्य बास्तोलाले जानकारी दिनुभयो ।
राप्रपा श्रीखण्ड हो, यो विरुवालाई जोगाउन, हुर्काउन कठिन हुन्छ, राप्रपा हार्दा राष्ट्रियता कमजोर हुन्छ, देश बचाउन राप्रपा बलियो हुनुपर्छ, त्यसकारण पनि राप्रपालाई मतदान गरी जिताउन आवश्यक छ, उम्मेदवार भण्डारीले भन्नुभयो ।
राप्रपाको अभियान सकारात्मक परिवर्तन, राष्ट्रियता, हिन्दुत्व विकास र सुशासनको लागि चिन्ह गाईमा मतदान गर्न आग्रह गर्नुभयो ।
स्मरण रहोस्, राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नं. २ को वृहत चुनावी आमसभा आउँदो ११ गते पृथ्वीचोकमा हुने र उक्त सभालाई पार्टीका केन्द्रीय नेताहरुले सम्वोधन गर्ने हुँदा सम्पूर्ण पोखरेली मतदाताहरुलाई राष्ट्रवादी महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध समेत गरेको छ ।
0 comments
Write Down Your Responses