• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, News » जनता सहकारीको साधारण सभा सम्पन्न
जनता सहकारीको साधारण सभा सम्पन्न

नगेनन्यूज डटकम, पोखरा,असोज ७,पोखरा महानगरपालिका वडा नं ३० साविक लेखनाथ पावरहाउसमा रहेको जनता वहुउद्देश्यिय सहकारीको सातौ साधारण सभा पावरहाउस स्थित सुर्यमुखी तमु समाज घरमा संस्थाको अध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । 
संस्थाको साधारण सभाको उद्घाटन कास्की क्षेत्र नं १ का निर्वाचित प्रदेश संसद दिपक कोइरालाले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । सो सभामा बोल्दै माननिय कोइरालाले यस सरकारसँग जनताको धेरै आशा रहेको तर यो कानुन निर्माण र व्यवस्थापन गर्दागर्दै आशा गरे वमोजिम जनताको समस्या समाधान गर्न नसकेको र अवको वर्षमा देखिने गरी सरकारले कार्य गर्ने वताएका थिए । सभामा लेखनाथ उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष छत्रधर आत्रेय, २९का  वडाध्यक्ष चेत वहादुर गुरुङ, रुपा गाउँपालिका का उपप्रमुख शोभा गुरुङ लगायतले सम्वोधन गरेका थिए । 
सात वर्ष अघि पावरहाउसमा स्थापना भएको संस्थाले छोटो समयमै करिव ४ करोड शेयर पुँजी, ९ करोड नगद संकलन गरी त्यसैको हाराहारीमा ऋण लगानी गर्न सक्षम सहकारीले आगामी वर्ष नाम वहुउद्देश्यिय अनुसार कार्यक्रम ल्याउने संस्थाका अध्यक्ष पौडेलले प्रतिवद्धता व्यक्त गरेका थिए । सो सहकारीको सातौ साधारण सभामा शेयर सदस्यको एकाघरमा भएको ८० वर्ष कटेका वृद्धवृद्धालाई दोसल्ला ओडाई सम्मान गरिएको थियो भने २०७४ सालमा एससीसी उर्तिण भाई वहिनीलाई सम्मान पत्र दिइएको थियो । कार्यक्रम संस्थाका सचिव विश्व लामिछानेले सञ्चालन गरेका थिए ।

Labels: Finance, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution