प्रतिक्षा र मोहन अभिनय रहेको गीतको भिडियो सार्वजनिक
नगेनन्यूज डटकम, काठमाडौं, ६ वैशाख । विगत लामो समय देखि नेपाली सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गर्न सफल आधुनिक गायक कृष्ण न्यौपानेको स्वरमा रहेको नयाँ म्यूजिक भिडियो ‘तिम्रो मनमा मेरो लागि माया थिएन र…’ सार्वजनिक भएको छ । परेली फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको उक्त गीतमा न्यौपानेकै शब्द संगीत रहेको छ । प्रतिक्षा खड्का र मोहन कार्कीको अभिनय रहेको यस गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन तथा सम्पादन र सागर गौतमले छायाँकन गरेका हुन् ।
0 comments
Write Down Your Responses