तिजको अवसरमा सहकारीका महिला सदस्यहरुलाई महिला सशक्तिकरण तालिम
कार्यक्रम संयोजक तथा गोल्डेन बचत तथा ऋण सहकारी संस्थाका महिला उपसमितिका सभापति तारा शर्माले महिला शेयर सदस्यहरुलाई आर्थिक र कानुनी पक्षमा जानकारी गराई आर्थिक रुपमा शशक्त बनाउन यो तालिम काशेढुंगा हुने विश्वास व्यक्त गर्नुभयो । उँहाले महिला शेयर सदस्यहरुलाई तालिमको सदुपयोग गर्न पनि अनुरोध गर्नु भयो ।
प्रशिक्षक अधिवक्ता भुवन थापाले कानुन सम्बन्धि र अर्का प्रशिक्षक कमला पौडेलले आर्थिक पक्षमा तालिम दिनु भएको थियो ।
उक्त कार्यक्रममा गोल्डेन बचत तथा ऋण सहकारी संस्थाका सस्थापक अध्यक्ष गुडाखर सापकोटा , अध्यक्ष विष्णुप्रसाद बराल लगाएतले मन्तव्य राखेका थिए ।
कार्यक्रम संयोजक तथा गोल्डेन बचत तथा ऋण सहकारी संस्थाका महिला उपसमितिका सभापति तारा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका सदस्य सितादेवि शर्माले र कार्यक्रम सञ्चालन अर्का सदस्य कमला भुजेलले गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses