विरौटाचोकमा नयाँ सुनचाँदी पसल संचालनमा आउदैं
स्याङ्जाको तत्कालिन बाँगे गाविस वडा नं. ६ हालको फेदिखोला गाउपालिका वडा नं. ५ मा जन्मेका सुनारले पोखराको विरौटामा बाँगे स्याङ्जा गण्डकी सुनचाँदी पसल संचालनमा ल्याउने तयारी गरेका हुन् । उक्त पसलको असार २२ गते विधिवत उद्घाटन गरिने भएको छ ।
उनले विगत ३० वर्षदेखि वर्दियाको गुलेरियामा गण्डकी सयाङ्जा सुनचाँदी पसल संचालन गर्दै आएको र त्यहाँउत्साहित भएको संचालन गर्दा कमाएको ग्राहकको माया, विश्वासले नै पोखरामा पनि सोहि पेशा गर्न जाँगर चलेको वताए ।
त्यति मात्रै होईन उनले उक्त पेशालाई युवा पुस्तामा पनि व्यवसायिक रुपमा अगाडि बढाउन प्रयास गर्ने उनको भनाई छ। उनले स्नातकको पढाई सकेका छोरालाई पनि सोहि पेशामा लाग्न प्रेरित गरेका छन् । २७ वर्षिय सन्तोष सुनारले पनि हजुरबुबादेखि चल्दै आएको पेशालाई आफुले निरन्तरता दिने वताए।
उनले आफु लगानीकर्ताको साथ साथै सानै उमेरदेखि गाउँघरमा गई ग्राहकका चाहना अनुसारका गहनाहरु बनाउने गरेको वताए । त्यस कारण समय अनुसारको नयाँ डिजाईनका गरगहना बनाउन उनले प्रशिक्षण प्रापत अनुभवी कालिगढ राखेर ग्राहकको मन जित्ने वताए।
उनले ग्राहकलाई शुभारम्भका केहि दिन ज्यालामा २० प्रतिशतको छुट दिने वताउँदै सुनचाँदीका गरगहनामा सय प्रतिशत ग्यारेन्टी दिईने वताईएको छ ।
0 comments
Write Down Your Responses