• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News » बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार गंगाधर पराजुलीलाई
बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार गंगाधर पराजुलीलाई

नगेनन्यूज डटकम, पोखरा ३० असार । यसवर्षको बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कार  पोखराका पत्रकार गंगाधर पराजुलीलाई प्रदान गरिने भएको छ । पत्रकार बालकृष्ण उग्रताराको स्मृतिमा उनका परिवारद्वारा स्थापित पुरस्कार पोखरा एक्सप्रेस पाक्षिक पत्रिकाले सञ्चालन गर्दै आएको छ । २ लाख १ हजार १११ अक्षयकोष रहेको सो पुरस्कारको राशी रु.२० हजार १११ सहित सम्मानपत्र रहेको छ ।
वरिष्ठ पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा छनौट समितिले सिफारिस गरेबमोजिम पत्रकार पराजुलीलाई सम्मानित गर्न लागिएको सो पत्रिकाका कार्यकारी निर्देशक रामजी प्रसाद लम्सालले जानकारी दिए । 
विसं. २०४९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय पराजुली हाल पोखराबाट प्रकाशित हुने गोल्डेन न्यूज दैनिकको प्रकाशक संस्था सुनौलो पव्लिकेशनका  कार्यकारी अध्यक्ष, पत्रिकाका प्रधान सम्पादकका साथै सुनौले एफ.एम.का कार्यकारी निर्देशक हुन् । नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपसभापति समेत रहेका उनी राष्ट्रिय समाचार समिति (रासस) का पूर्व संचालक सदस्य हुन् ।
पराजुलीले यसअघि दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार, प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, राष्ट्रिय युवा प्रतिभा पुरस्कार, गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कार सहित विभिन्न सम्मान समेत प्राप्त गरिसकेका छन् । 
पोखरा एक्सप्रेक पाक्षिक पत्रिकाका कार्यकारी निर्देशक लम्सालका अनुसार पुरस्कार प्रदेश नं. ४ मा रहेर कम्तिमा १५ वर्ष पत्रकारिता गरेकालाई प्रदान गर्ने गरिएको छ । यसअघि उक्त पुरस्काबाट पाल्पाका मेघराज शर्मा, कास्कीका कुशुमकेशव पराजुली, पर्वतका भोला शर्मा, कास्कीका नवराज सुवेदी, नारायण कार्की र रुद्रबहादुर थापा सम्मानित भइसकेका छन् । उक्त पुरस्कार प्रत्येक वर्ष उग्रताराको वार्षिक स्मृति दिवसका अवसरमा साउन २० गते प्रदान गरिने बताइन्छ । 
पुरस्कारका लागि प्रतिभा छनौट समितिमा  नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार रुद्रबहादुर थापा,  पत्रिकाका प्रधान सम्पादक जमुना बर्षा शर्मा र उग्रताराका सुपुत्र ओमप्रकाश उपाध्याय सदस्य रहेका थिए ।

Labels: Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution