नगेनन्यूज डटकम, पोखरा, जेठ २० । लायन्स क्लब अफ पोखरा गण्डकीले गण्डकी नारी सम्मानबाट एच. आई. भी. संक्रमित तथा समाजसेवी लक्ष्मी अधिकारीलाई सम्मान गरिएको छ ।
लायन्स क्लब अफ पोखरा गण्डकीले गरेको गण्डकी नारी सम्मानबाट सम्मानित
लक्ष्मी अधिकारीलाई रु २५ हजार , दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित अधिकारीले आफ्नो बिगत सम्झदै श्रीमानका कारण एच. आई. भी. संक्रमित भएको र संक्रमित भन्ने थाहा पाएपछि गाँउ निकाला गरिदिए पनि आफ्नो सासुले साथ दिएपछि २ छोराछोरीलाई हुर्काउन सकेको बताउनु भयो । उँहाले अहिले लेखनाथमा ३० रोपनी जग्गामा आँकुरा नामक सस्ंथा मार्फत १५ जना एच. आई. भी. संक्रमित मिलेर बाख्रा पालन , कुखुरा पालन र खेती गर्दै आएको जानकारी दिनुभयो । अधिकारीले पहिला निकाले पनि अहिले त्यँहि गाँउले स्वागत गरेकोले यस्ता सम्मानले थप काम गर्ने हौसाला मिलेको बताउनु भयो ।
उक्त कार्यक्रका प्रमुख अतिथि डिष्ट्रिक गर्भनर बालकृष्ण बुर्लाकाटीले यस्ता सम्मानले महिलालाई समाजमा थप काम गर्ने हौसाला दिने बताउदै गण्डकी नारी सम्मान कोषमा २५ हजार सहयोग गर्ने घोषणा गर्नु भयो ।
लायन्स क्लब अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम सयाेंजक अनिला श्रेष्ठले र सस्ंथाका पुर्व अध्यक्ष बिमला श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
गण्डकी नारी सम्मानबाट लक्ष्मी अधिकारी सम्मानित
0 comments
Write Down Your Responses