• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, Nepali, News » राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट २८ लाख बचत
राष्ट्रिय औद्योगिक व्यापार मेलाबाट २८ लाख बचत


नगेनन्यूज डटकम, ९ असार,पोखरा ।  लगानीको सम्वद्र्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मुल नाराका साथ गएको मंसिर २३ गतेदेखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेलामा २०७३ बाट २८ लाख ७८ हजार ८ सय ७३ रुपैयाँ बचत गरेको छ । अध्यक्ष विश्वशंकर पालिखेका अनुसार मेलामा भएको प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट १ करोड २४ लाख ५४ हजार ७ सय १० रुपैयाँ आम्दानीमा खर्च भएको  ९३ लाख ५१ हजार ८ सय २० रुपैयाँ  घटाउँदा सो रकम बचत भएको हो ।
 संघले  बचत भएको रकम व्यवसायीक वातावरण निर्माण तथा सामाजिक कार्यमा खर्च गर्ने घोषणा समेत गरेको छ । शुक्रबार राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ को आयव्ययबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनको क्रममा अध्यक्ष पालिखेले भन्नुभयो,‘ पोखरामा सोलार लाइट जडान गर्ने क्रममा सडकको डिभाइडर बनाउन तथा पोखराको खानेपानीको मुहान क्षेत्रमा शवदाहगृह, सौचालय तथा लुगा धुने ठाउँ बनाउने कार्यमा संघले लगानी गरेको छ ।’ 
आउँदो २०७४ को मंसिर १४ गतेदेखि २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को आयोजना गर्ने निर्णय भई सकेको  संघका महासचिव दामु अधिकारीले नगेनन्यूज डटकमलाई जानकारी दिनुभयो । यो वर्षको मेलालाई भव्य रुपले सम्पन गर्न अहिलेबाटै तयारी थालिएको पनि उहाँले जनाउनुभयो । संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीको संयोजकत्वमा गठित प्रायोजन व्यवस्थापन उपसमितिले अहिलेदेखि नै काम थालेको उहाँले जनाउनुभयो । महासचिव अधिकारीका अनुसार संघले पोखरा प्रदर्शनी स्थलमा अर्को अत्याधुनिक डोमको निर्माण समेत गर्ने भएको छ । 
राष्ट्रको  औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ मेलाले  पुयाएको अध्यक्ष पालिखेले दावी गर्नुभयो । मेलामा ३ सय ६ वटा स्टल  रहेका थिए । तीमध्ये रेष्टुरेष्ट १३, अटो ५३, मेड इन नेपालमा १०, ,कृषि र हस्तकलामा २५ वटा   प्mलोरिकल्चरमा  ४ र  १२३ वटा साधारण स्टल रहेका थिए । आयोजन संस्था पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुका अनुसार करीब ३ लाख दर्शकले मेलाको अवलोकन गरेका थिए ।
संघका अध्यक्ष पालिखेले पोखराका उद्योगी÷व्यवसायीका उत्पादनहरुलाई  मेला र महोत्सवको माध्यमबाट बजारिकरण गर्नुका साथै स्वदेश तथा  विदेशमा आयोजना हुने विभिन्न मेला, महोत्सवको अध्ययन अवलोकन भ्रमणमा लैजाने गरेको समेत नगेनन्यूज डटकमलाई जानकारी दिनुभयो । उहाँका अनुसार संघकै अगुवाईमा  यस वर्ष मित्रराष्ट्र चीनको कुनमिनमा सन् २०१७ को जुन १२ देखि १८ मा आयोजना भएको दक्षिण तथा दक्षिण एशिया वस्तु प्रदर्शनी तथा लगानी मेला–२०१७ मा ४७ जना र चीन कै साङ्घायीमा आयोजना भएको व्युटी एक्पोमा  संघको तर्फबाट ७ जना सौन्दर्यकर्मीहरु सहभागी भएका थिए ।
पश्चिमाञ्चल क्षेत्रमा  ब्यवसाय बिस्तारको संभावनाको खोजी गर्ने उदेश्यमा समर्पित मेलाकै क्रममा पश्चिमाञ्चल क्षेत्रको पर्यटन विकासका सम्भावना ’ विषयक  अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो ।  

Labels: Finance, Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution