नगेनन्यूज डटकम, असार १४ पोखरा । विश्व हिन्दु महासंघ पोखरा लेखनाथ समितिको आज सम्पन्न वडा ८ स्तरिय भेलाले श्याम बहादुर श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ । समितीको प्रथम उपाध्यक्षमा रोमनाथ बराल, द्वितिय उपाध्यक्षमा रुपा बराल, सचिवमा तारा बराल, सहसचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा भिमबहादुर पौडेल चयन भएका छन । समितीको सदस्यहरुमा बलराम गिरी, सानो टेकन गिरी, मनोहरी बराल, देवीमाया पोख्रेल, मञ्जु शाही, मैया कुमारी बस्ताकोटी, सिता कुँवर सर्वसम्मत रुपमा आगामी तिन वर्षे कार्यकालका लागी चयन भएका छन ।
यस्तै भेललाले विश्व हिन्दु महिला समिती पनि सर्वसम्मतरुपमा चयन गरेको छ ।
समितीको अध्यक्षमा जमुना सुवेदी मनोनित भएकी छन । उपाध्यक्षमा कल्पना सिग्देल, द्वितिय उपाध्यक्षमा देबीमाया चालिसे ,सचिवमा उर्मिला भण्डारी, सहसचिवमा सुनिता अधिकारी, कोषाध्यक्षमा समिक्षा कुँवर चयन भएका छन । समितीको सदस्यहरुमा अनिता नेपाली, अञ्जु भण्डारी, सुसिला गिरी, धर्मशिला भट्टराई, सृर्जना न्यौपाने, रुपा जिसी, सपना कुँवर, जानुका चालिसे, श्रीमाया कुँवर, माया गिरी, नानीमाया पाण्डे चयन भएको निर्वाचन संयोजक तिर्थ अधिकारीले जानकारी दिए ।
यस अघि कार्यकमको उद्घाटन गर्दै ब्राह्मण समाज नेपालका पूर्व केन्द्रिय अध्यक्ष प्रा. डा नारायण प्रसाद अधिकारीले नेपालमा हिन्दु धर्म माथी प्रहार विभिन्न क्षेत्रबाट भएको बताउदै यस्को रक्षाको लागी सबै लाग्न पर्नेमा जोड दिए । उनले हिन्दु धर्म निकै उदार धर्म रहेको बताए । बौद्ध, साई बाबा, ब्रह्माकुमारी, जैन लगायतका धर्मपनि हिन्दुबाट नै उत्पति भएको बताए । डा अधिकारीले पछिल्लो समयमा नचाँहिदो प्रचारबाट हिन्दु धर्ममाथी प्रहार गर्न खोजीएको भन्दै आफ्नो धर्मको बारेमा जानकार हुन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा विश्व महासंघका केन्द्रिय उपाध्यक्ष बेधनिधी शर्मा, सनातन धर्मसेवा समितीका अध्यक्ष रविन्द्र माकाजु लगाएतले हिन्दु धर्मको बारेमा बालेका थिए ।
भेलामा वडा नं ८ का निर्वाचित जनप्रतिनिधी, प्रदेश नं ४ का सल्लाहाकार समिती संयोजक प्रा डा नारायण अधिकारी र बोलबम संयोजक शंकर खराललाई सम्मान गरिएको थियो ।
विश्व हिन्दु महासंघ महिला नगर समितीका उपाध्यक्ष मेनुका बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर अध्यक्ष जगन्नाथ कोइराला, कार्यक्रम माथी प्रकाश विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष शंकर खराल, कार्यक्रमको सञ्चालन सचिव रमा ढकालले गरेकी थिइन भने कार्यक्रममा धन्यबाद ज्ञापन नगर महिला समितीका अध्यक्ष पार्वती पौडेलले गरेकी थिइन ।
विश्व हिन्दु महासंघको वडा स्तरिय भेला सम्पन्न
0 comments
Write Down Your Responses