कास्कीको मादी,रुपा,माछापुच्छ,अन्नपूर्ण र पो.ले.का उम्मेदवारहरु
नगेनन्यूज डटकम, पोखरा, २७ चैत । निर्वाचन आयोगले बैशाख ३१ गतेको मिति तोकेर स्थानिय निर्वाचन हुने जानकारी गराए संगै नेताहरुमा चुनावी सरगर्मी बढेको हो । स्थानिय निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने राजनीतिक वृत्तमा ठुलै ‘लबिङ’ चलिरहेको छ ।
पोखरा लेखनाथ महानगरपालीका
नेपालको सबैभन्दा ठुलो महानगरपालीका पोखरा लेखनाथ महानगरपालीकामा मेयरका आंकाक्षीहरु दिनप्रतिदिन बढदैछन् । करिब दुई दशकपछि हुन लागेको स्थानिय निर्वाचनमा राजनीतिक पार्टीहरुबाट उम्मेदवार घोषणा भइसकेका छन् । र स्वस्फुर्त रुपमा मेयरमा उम्मेदवार घोषणा गर्नेहरु प्रशस्त भेटिन्छन ।
त्यस्तै कांग्रेसबाट पोखरा लेखनाथ महानगरपालीकामा मेयरका आंकाक्षीहरु कृष्ण केसी कास्की जिल्ला अध्यक्ष, यज्ञ बहादुर थापा सांसद, बिन्दुकुमार थापा पुर्व अध्यक्ष पोखरा उद्योग वाणिज्य संघ, प्राज्ञ नगेन सिंह ठकुरी सभापति कास्की काठमाण्डौ सम्पर्क समिति, बाबुराम आचार्य पुर्व सचिव लगाएतका नेताहरुको चर्चा रहेको छ ।
एमालेबाट कृष्ण थापा पुर्व मेयर पोखरा नगरपालिका, मान बहादुर जिसी बैकल्पिक केन्द्रिय सदस्य , सांसद रवीन्द्र अधिकारी, युवा संघका अध्यक्ष राजीव पहारी, पिएन क्याम्पसका पूर्व स्ववियु सभापति धनराज आचार्य, जिविसका पूर्व उपसभापति श्रीनाथ बराल, नगर कमिटी अध्यक्ष तेजनारायण अधिकारी, भरत पहारी लगाएतका नेताहरुको चर्चा पनि उत्तिकै छ ।
माओवादी केन्द्रको तर्फबाट कास्की अध्यक्ष दीपक कोइराला, कोमलनाथ बराल, झलकपाणि तिवारी, रामजी बराल लगाएतको पनि चर्चा छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जिल्ला अध्यक्ष जयलाल पुन, नगर कमिटी अध्यक्ष रमेश खत्री, नेता कृष्ण रेग्मी मेयरका लागि दावी गरिरहेका छन् भने नयाँ शक्तिको तर्फबाट जिल्ला अध्यक्ष किरण थापा, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङ लगाएतको नाम चर्चामा रहेको छ ।
अन्नपूर्ण गाउँपालिका
कास्कीको उत्तर पश्चिम गाउँपालिका हो अन्नपूर्ण । काँग्रेसबाट क्षेत्रीय सभापति पोषनाथ शर्मा, महासमिति सदस्य आई बहादुर गुरुङ, महाधिबेशन प्रतिनिधी राज बहादुर गुरुङ, जिल्ला सदस्य युवराज कुवँर, दाङसिङका पूर्व अध्यक्ष देवेन्द्र कुमार शेरचन, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ,गोपाल गुरुङ केन्द्रिय सदस्य ने.बि.संघ, लगाएतको चर्चा छ । यस्तै एमालेका क्षेत्रीय अध्यक्ष बिष्णु केसी, लुम्ले गाविसका अध्यक्ष भरत देवकोटा, ढिकुरपोखरी गाविसका पूर्व अध्यक्ष केदारनाथ अधिकारी, घान्द्रुकका बुद्धी बहादुर गुरुङ र सल्यानका प्रेम पौडेलको नाम सुनिएको छ । यस्तै नेकपा माओबादी केन्द्रको तर्फबाट घान्द्रुकका धर्म तमु र क्षेत्र बहादुर गुरुङ तथा ढिकुरपोखरीका माओबादी अध्यक्ष भेषराज पौडेलको नाम चर्चामा छ ।
मादी गाउँपालिका
जिल्लाको उत्तर पूर्वी गाउँपालिका मादीमा काँग्रेसबाट क्षेत्रीय सभापति बृजमान गुरुङ, जिल्ला सदस्य मिजुरेडाँडाका ओम प्रकाश गुरुङ, थुमाकोडाँडाका देवीजंग गुरुङ, अर्जुन गुरुङ र मन बहादुर गुरुङ, सैमराङका सूर्य तामाङ र प्रेम तामाङ हंसपुरका दीपेन्द्र ढकाल, कालिकाका भानु ढकाल र सरोज केसी, पार्चेका रसकुमारी गुरुङ र लेख बहादुर गुरुङ र भाचोकका सागर गुरुङ अध्यक्षका आकांक्षी हुन् । एमालेबाट एमाले उपाध्यक्ष मन बहादुर गुरुङको चर्चा छ । यद्यपी उनी पोखरा लेखनाथ महानगरपालिकाकै मेयर वा उप मेयरका लागि दाउ खोजिरहेका छन् । यसबाहेक नामार्जुङका बेदबहादुर गुरुङ (श्याम), माझठानाका पदम प्रसाद पौडेल, भाचोकका जस बहादुर गुरुङ, थुमाकोडाँडाका बुद्धीसागर सापकोटा र सिल्दुजुरेका बालकृष्ण गुरुङको चर्चा छ । नेकपा माओबादी केन्द्रबाट पनि राज्य समिति सदस्य सिल्दुजुरेका लाल बहादुर गुरुङ, केन्द्रिय सदस्यहरु मित्र गुरुङ र तोरण गुरुङ तथा कृष्णराज दाहालले अध्यक्षका लागि आकांक्षा ब्यक्त गरेका छन् ।
माछापुच्छ«े गाउँपालिका
माछापुच्छ«े गाउँपालिकामा बिशेषगरी काँग्रेस र एमालेको प्रतिश्पर्धा हुनेछ । यहाँ अध्यक्षका लागि नेपाली काँग्रेसबाट लाहाचोकका खुशीमान गुरुङ र माछापुच्छ«ेका भीम गुरुङ मुख्य दावेदार हुन् । एमालेबाट धम्पुसका पूर्व अध्यक्ष दल बहादुर गुरुङ र यदु अधिकारी, रिभानका गोपाल गिरी, घाचोकका महेश्वर पोख्रेल, माछापुच्छ«ेका कर्ण गुरुङ, ल्वाङघलेलका लाल बहादुर परियार र जगन्नाथ बास्तोला, लाहाचोकका बिष्णु प्रसाद पौडेल, धितालका बुद्धी अधिकारी र शशिधर अधिकारी अध्यक्षको लागि लविङ गरिरहेका छन् । यस्तै नयाँशक्ती पार्टीबाट घाचोकका तोयनाथ लम्साल पनि गाउँपालिकाको प्रमुख बन्ने दाउमा छन् । माओबादीबाट भने खासै चर्चामा कसैको नाम सुनिएको छैन ।
रुपा गाउँपालिका
पूर्वी गाउँपालिका रुपामा जिल्ला स्तरीय नेताहरु समेत अध्यक्षका लागि दावेदारी प्रश्तुत गरिरहेका छन् । यहाँ तीनवटै ठूला पार्टीबाट अध्यक्षको उम्मेदवार बन्ने आकांक्षी धेरै छन् । काँग्रेसबाट पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल आँफै अध्यक्ष बन्ने चाँजोपाँजो मिलाईरहेका छन् भने जिल्ला सदस्य हंसपुरका नारायण कुमार श्रेष्ठ, रुपाकोटकी गिमाया गुरुङ र साविक गाविस अध्यक्ष तुल बहादुर गुरुङ अध्यक्षका दावेदार हुन् । एमालेबाट सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदीको बढी चर्चा छ । जिल्ला सदस्य नवराज ओझा, जिल्ला सल्लाहकार सदस्य हस्तकुमार श्रेष्ठको पनि निकै चर्चा सुनिन्छ । अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सरिता माल र साविक रुपाकोटका पार्टी सचिव खस बहादुर गुरुङ अध्यक्षमा दावेदारी पेस गर्ने तयारी गरिरहेका छन् । माओबादी केन्द्रकी केन्द्रिय सदस्य निर्मला सुवेदी र रुपाकोट गाविसका अध्यक्ष सूर्य गुरुङ पनि रुपा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार दिँदैछन् ।
0 comments
Write Down Your Responses