• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News, Sports » पोखरामा माघ १८ देखि साता महिला र पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता हुने
पोखरामा माघ १८ देखि साता महिला र पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता हुने

नगेनन्यूज डटकम,पोखरा २४ पुस । पोखरामा माघ तेस्रो साता महिला र पुरुषको राष्ट्रिय भलिवल प्रतियोगिता हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा माघ १८ देखि २२ गतेसम्म सृजना आमन्त्रण महिला र पुरुष राष्ट्रिय भलिवल प्रतियोगिता हुने समितिले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
महिला र पुरुष दुबै विधामा ६ टिम सहभागी हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जानकारी दिए । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ, न्यू डायमण्ड र हेल्प नेपाल स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने पौडेलले जानकारी दिए । 
राष्ट्रिय भलिवल प्रतियोगिता
 प्रतियोगिताको विजेतालाई एक लाख ५५ हजार ५ सय ५५ र उपविजेतालाई ७७ हजार ७ सय ७७ रुपैया मेडल, प्रमाणपत्र र ट्रफि पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । लिकम नक आउटको आधारमा खेलाइने खेलका अन्य विधाका उत्कृष्ट खेलाडीले समेत पुरस्कार पाउने छन् । 

 प्रतियोगितालाई सिर्जना विकास केन्द्रले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख ६५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । अन्य रकम प्रायोजक, ब्यानर, गेट टिकटबाट प्राप्त हुने लक्ष्य राखिएको छ । कार्यक्रममा म्याग्दी बेगखोला घर भई अमेरीका बस्दै आएका याम गर्वुजाले पश्चिमाञ्चल महिला भलिवल संघलाई पठाउनु भएको टिमसेट जर्सी हस्तान्तरण गरिएको थियो । गर्बुजाका तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पश्चिमाञ्चल महिला भलिवल टिमकी कप्तान मञ्जु गुरुङलाई जर्सी हस्तान्तरण गरे ।

Labels: Nepali, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution