चिसापानीमा ऐतिहासिक ल्होसार पर्व सम्पन्न
नगेनन्यूज डटकम, कन्चन गुरुङ्ग, रुपाकोट, २१ पुस । कास्की, रुपाकोट–३, चिसापानी गाउँमा पुस १४ दखि १६ सम्म तीन दिने ल्होसार पर्व भव्यताको साथ र रंगयात्रा कलाकृति प्रर्दशनी सम्पन्न भएको छ ।



रंगयात्रा कलाकृति प्रर्दशनीमा कलाकारहरु बिश्व कलायात्री प्राज्ञ सभाषद नगेन सिहं ठकुरी, बाबुराम कस्केली, विजय गुरुङ्ग, सन्जिना गिरी, सारा बजिमय, आकास जैसवाल, प्रमिला लामिछाने, जानुका के.सी., सुस्मा गौतम, सहबिर गुरुङ्ग लगायत १० जना कलाकार सहभागिता भएका थिए ।
प्र ल्हो (बाँदर वर्ग) लाई विदाइ गरी च्ह्य ल्हो (चरा वर्ग) लाई स्वागत गर्ने यस कार्यक्रममा तमु संस्कृति अनुसार खेगी गुरुद्धारा रिपा आयु गरिएको थियो भने २४ जना ज्येष्ठ नागरिक, १८ जना स्वदेश तथा विदेशी फौजमा उच्च पद्वी प्राप्त व्यक्तिहरु, समाजसेवीहरु २ जना, खेगीहरु (पैंडी र लामा), खेलकूदमा ख्याती कमाएका व्यक्ति तथा स्वदेशी व्यवसायीलाई खादा लगाई सम्मान गरिएको थियो भने प्रायोजक संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो साथै पुरानो संस्कृति ख्याली नृत्य लगायत विविध साँस्कृतिक कार्यक्रमद्धारा भरपुर मनोरन्जन गरिएको थियो ।

धेरै भक्तजनले आस्था राख्ने प्रसिद्ध चिसापानी देवीको काखमा, रुपातालको शिरमा, अन्नपूर्ण हिमश्रृङखलाको अगाडि नतमस्तक भई थपक्क उभिएको यो रमणिय चिसापानी गाउँ रोयल ट्रेकको रुटमा पर्दछ ।
0 comments
Write Down Your Responses