ऐतिहासिक रंगयात्रा कार्यशाला सुरु
नगेनन्यूज डटकम,पोखरा, पुष १४ । एन.एस क्लव अफ हिलपोइटले शान्ति, पर्यटक र कला प्रवद्र्धनको लागि रंगयात्रा कार्यशालाको १ औ श्रृँखला रुपाकोट–३, चिसापानी गाउँ देखि सुरु भएको छ ।
चारदिने रंगयात्रा कार्यशाला कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ कलाकार बाबुराम कस्केलीले गाउँका हेर्न लायक दृश्यहरु कलाकारले आफ्नो क्यानभाषमा उतारेर यो गाउँको बिकासको लागि प्रचार प्रसार हुने भन्दै क्यानभाषमा कलाकृति सिर्जना गरि उद्घाटन गर्नु भयो ।
विशेष अतिथि हिम दृश्य क्लब चिसापानीका अध्यक्ष विशान गुरुङ्ग, अतिथिहरु एन.एस क्लव अफ हिलपोइटका सल्लाहाकार सुदिन श्रेष्ठ, नगेन आर्ट ग्यालरीकी सन्जिना गिरीहरुले यो रंगयात्रा कार्यशाला कार्यक्रम ऐतिहासिक पहिलो श्रृँखला भएको र ललितकलाको नयाँ इतिहास रचने बताउनु भयो ।


चिसापानी गाउँको मुुल चोकमा रहेको दुई टंकी र एक घरको भित्ता चिसापानी गाउँको मठ मन्दिर, हिमाल, लोप हुन लागेको लालुपातेको प्रेम गाथाले रंगिएको नगेन आर्ट ग्यालरी सैनिक शाखाका निर्देशक सहबिर गुरुङ्गले बताउनु भयो ।
चारदिने रंगयात्रा कार्यशालामा चिसापानी गाउँको दृश्यहरु हेरेर ११ जना कलाकारले दुई दर्जन कलाकृति क्यानभासमा उतानुका साथै भिडियोग्राफी कला, फोटोग्राफी कला सिर्जना भएको नगेन फन क्लब अफ् लेखनाथका समिर गुरुङ्ग जानकारी दिनु भयो ।
0 comments
Write Down Your Responses