• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, Girls, Healths, Nepali, News, Photo » फेब्रिक द्धारा निर्मित हस्तकलाका सामाग्री सम्बन्धी तालिम पोखरामा सुरु
फेब्रिक द्धारा निर्मित हस्तकलाका सामाग्री सम्बन्धी तालिम पोखरामा सुरु

    नगेनन्यूज डटकम, पोखरा, मंसिर २ । रेडियो जननी ९०.६ र दिदि बहिनी बचाउ कास्की नेपालको आयोजनामा ७ दिने फेब्रिकद्धारा निर्मित हस्तकलाका सामाग्री सम्बन्धी तालिम आज (विहिवार)बाट पोखरामा सुरु भएको छ ।
उद्घाटन समारोहमा बोल्दै रेडियो जननी ९०.६ का अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराईले आर्थिक समृद्धका लागि उद्यमशीलता आजको आवश्यकता भन्ने नाराका साथ तालिमले उद्यमशीलताको विकासमा सहयोग पु¥याउने बताउनु भयो । उँहाले स्थानियस्तरमै उपलब्ध कच्चा पदार्थ र खेर गइरहेका वस्तुहरु बाट विभिन्न हस्तकलाका सामाग्री बनाउन सकिने भन्दै यो तालिमले महिला दिदीबहिनीलाई फुर्सदको समयको सदुपयोग गर्दै आयआर्जनको बाटोमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । 
रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर विमला भण्डारीले रेडियोको पहिलो नारा उद्यमशीलता भएका कारण नै रेडियोले उद्यमशीलता  सम्बन्धी विभिन्न गतिविधिहरु संचालन गर्दै आइरहेको जानकारी गराउनुभयो । उहाँले ब्यक्तिमा सिप, अर्थ भयो भने मात्र सक्ष्यम हुने बताउँदै महिलाहरुले पनि सिप सिकेर सवल बन्नुपर्नेमा जोड दिनुभयो । 
दिदि बहिनी बचाउ कास्की नेपालका डारेक्टर  शोभा पहारीले प्रशिक्षार्थीहरुलाई समयको सदुपयोग गर्दै तालिम राम्रोसँग सिक्न आग्रह गर्नुभयो । 
तालिममा १५ जना महिला दिदि बहिनीहरुको सहभागिता रहेको छ  भने तालिमको प्रशिक्षक शुशीला लम्साल रहनुभएको छ ।कार्यक्रम संचालन रेडियो जननीका कार्यक्रम संयोजक रुपा अधिकारीले गर्नुभएको थियो ।

Labels: Finance, Girls, Healths, Nepali, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution