• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
News, Photo » दरबारले बुझाएका दस्ताबेज गायब ?
दरबारले बुझाएका दस्ताबेज गायब ?

काठमाडौ – पूर्वराजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नुपूर्व पारदर्शी र औपचारिक रूपमा गिरिजाप्रसाद कोइराला सरकारलाई हस्तान्तरण गरेका ऐतिहासिक तथा राष्ट्रिय महत्वका अधिकांश दस्ताबेज गायब भएका छन् ।
आठ वर्षअघि सरकारद्वारा गठित गृहसचिव मोदनाथ डोटेलको समितिलाई राजदरबारले बुझाएका ऐतिहासिक तथा संस्थागत मेमोरीमा रहेका सबै रेकर्डहरू कि त छिन्नभिन्न अवस्थामा रहेको वा गायब भएको उच्चपदस्थ र जिम्मेवार अधिकृतहरूले बताएका छन् । ती दस्ताबेज केके थिए र अहिले कुन अवस्थामा कहाँ छन् भन्ने सरकारसँग कुनै रेकर्डसमेत छैन ।
तत्कालीन संविधानसभाले राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेलगत्तै दरबारका कर्मचारीले त्यहाँ भएका सबै दस्ताबेज राष्ट्रिय सम्पत्तिका रूपमा संग्रहालय बनाएर राखियोस् भनेर नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । त्यतिबेला दरबारले डकुमेन्टको प्रकृति हेरेर अधिकांश परराष्ट्र मन्त्रालयलाई, केही गृह, केही सामान्य प्रशासन र केही नेपाली सेनालाई बुझाएको थियो ।
तर ती दस्ताबेज अहिले कहाँ छन् भन्ने कसैलाई स्पष्टसँग थाहा छैन । परराष्ट्र मन्त्रालयका दुईवटा कोठामा ताला लगाएर केही फाइल छरपष्ट फालिएको छ तर त्यहाँ के छ भन्ने रेकर्ड मन्त्रालयसँग छैन । कतिपय महत्वपूर्ण दस्ताबेज धमिराले खाएका छन् भने कतिपयमा ढुसी लागेर अक्षर मेटिएका छन् । गृह र सामान्य प्रशासन मन्त्रालयमा अहिले दरबारका कुनै दस्ताबेज छैनन् ।
तत्कालीन राजाहरूले स्वदेश र विदेशमा गरेका विभिन्न भेटघाटका डकुमेन्टेसन गर्ने चलन थियो । ती सबै डकुमेन्टहरू तत्कालीन राजदरबार संवाद सचिवालयले नेपाल सरकारलाई बुझाएको थियो । ‘हामीले राजसंस्थासँग भएका सबै दस्ताबेज नेपाल सरकारलाई लिखत गरेर बुझाएका थियौं’, तत्कालीन राजदरबार संवाद सचिवालयका सहसचिव तथा वर्तमान सरकारका सचिव शरदराज बिष्टले भने, ‘तत्कालीन राजसंस्थाले विभिन्न मुलुकसँग गरेका सन्धिसम्झौतादेखि दरबारले विभिन्न समयमा गरेका निर्णय, निर्देशनसहित कार्यालयमा रहेका कम्प्युटर र ल्यापटपसमेत नेपाल सरकारलाई बुझाएका थियौं तर त्यो अहिले कहाँ कुन अवस्थामा छ, कुनै पत्तो छैन ।’
त्यतिबेला दरबारका ती दस्ताबेज सरकारले ट्रकमा हालेर नारायणहिटीबाट बाहिर निकालेको थियो । तर ती कहाँ लगेर बिसाइयो भन्ने विषयमा सरकार बेखबर छ । ‘दस्ताबेजलगायत त्यससँग सम्बन्धित डकुमेन्टहरू अहिले परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखा भएको भवनभरि थिए’, बिष्टले भने ।
त्यतिबेला संवाद सचिवालयमा रहेका अर्का एक अधिकारीका अनुसार कुनै निकाय समाप्त भए पनि त्यसको इतिहास मेटाउनु हुँदैन भनेर कर्मचारीहरूले नारायणहिटीमै संग्रहालय बनाएर ती सबै दस्ताबेजको सुरक्षा गर्न तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलालाई आग्रह गरेका थिए । तर उनीहरूको त्यो झिनो आशासहितको आग्रह सिटौलाले सुनेनन् । सबै डकुमेन्ट ट्रकमा हालेर नारायणहिटी खाली गराए । ‘पृथ्वीनारायण शाहको पालादेखिका दस्ताबेजहरू थिए’, ती अधिकारीले भने, ‘तर अहिले ती महत्वपूर्ण दस्ताबेज सरकारको लापर्बाहीका कारण गायब भएका छन् ।’
नारायणहिटीबाट सबैभन्दा बढी दस्ताबेज बुझेको परराष्ट्र मन्त्रालयले भने ती दस्ताबेजबारे बताउन चाहेन । ‘त्यतिबेला जुन अवस्थामा बुझाइयो, हाम्रो साँचोभित्र छन्’, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भने, ‘यसभन्दा बढी म केही भन्न सक्दिनँ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।’

Labels: News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution