• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Girls, Nepali, News » पत्रकार महिला सम्बन्धी नीति तथा कानुनी ब्यबस्थाहरुलाइ महिला मैत्री बनाउनु पर्नेमा जोड
पत्रकार महिला सम्बन्धी नीति तथा कानुनी ब्यबस्थाहरुलाइ महिला मैत्री बनाउनु पर्नेमा जोड

नगेनन्युज डटकम असोज १७ पोखरा । क्रियाशिल पत्रकार महिला कास्कीको आयोजनामा आज ( सोमबार ) “महिला पत्रकारको अबस्था र गुणात्मक सहभागिता बढाउन के गर्नुपर्छ” बिषयक सन्डेक्लब अन्र्तक्रिया र बडा दशैं तथा शुभ दिपावलीको अवसरमा पोखरामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
 कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शुष्मा पौडेलले पत्रकारितामा महिलालाई चुनौती बढि छ र महासंघमा महिला सहभागिता न्युन रहेको पनि बताउनु भयो । उहाँले अहिले बिधान सशोंधित बिधानमा केन्द्र, प्रद्रेश, स्थानिय तह र जिल्लामा अत्यावश्यक भएको ठाँउमा शाखा खोल्न पाईने र पत्येक शाखामा महिला उपाध्यक्ष र ४ पार्षदमा १ महिला पार्षद अनिबार्य रहेको जानकारी दिनु भयो । पौडेलले महिला अगाडी बढे पुरुषले पनि साथ दिने पनि बताउनु भयो ।
नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य दुर्गा भण्डारीले पत्रकारिता पेशा सहज नभएको बताउनु भयो । उहाँले पत्रकार प्रोफेसनल हुनुपर्ने कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताउनु भयो ।
कार्यक्रममा सञ्चारिका समुह पश्चिमाञ्चल अध्यक्ष जमुना बर्षा शर्माले महिला पत्रकारले तालिम – तालिम भन्नुभन्दा पनि आँफु कसरी सक्षम हुन सकिन्छ त्यो ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले महिला पत्रकारलाई धेरै चुनौती र अबसरहरु रहेको पनि जानकारी दिनु भयो ।
    कार्यक्रममा सञ्चारिका समुह पश्चिमाञ्चल उपाध्यक्ष एबं रेडियो जननीका स्टेशन म्यानेजर बिमला भण्डारीले महिला पत्रकारहरुको एउटा फोरम आवश्यक रहेको बताउनु भयो । उहाँले केहि बर्ष पहिलाको अबस्थामा केहि नैराश्यता भए पनि अहिले राम्रो भएको बताउनु भयो ।
कास्की आवाज राष्ट्रिय दैनिकका अध्यक्ष सरस्वती गुरुङ्गले महिला नेतृत्व भएको ठाँउमा शुद्दिकरण र सुदृढिकरण हुने बताउनु भयो । उहाँले कोटाको रुपमा आँफु प्रयोग हुन नचाहेको पनि बताउनु भयो ।
 माछापुच्छ्रे एफ एमका स्टेशन म्यानेजर कञ्चन थापाले महिला अगाडी बढ्दा विभीन्न लान्छना, अड्चन आएपनि त्यसलाई पार गर्दै अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
 प्रेस सेन्टर नेपालका सचिव गोमा घिमिरेले श्रमजिवी पत्रकारको मुद्दा र लैगिंक मुद्दाहरुलाई याद गर्नुपर्ने र पत्रकार महासंघमा शुद्दिकरण आवश्यक रहेको बताउनु भयो । उहाँले पत्रकारिता नशा रहेको पनि बताउनु भयो ।
सहभागीहरुले पत्रकार महिला सम्बन्धी नीति तथा कानुनी ब्यबस्थाहरुलाइ महिला मैत्री बनाउदै कार्यन्वयन गर्नुपर्नमा जोड दिइएको छ । क्रियाशील पत्रकार महिला डब्लु डब्लु जे कास्की ले आयोजना गरेको सन डे क्लबका सहभागी, क्रियाशील पत्रकार महिलाहरुले , पत्रकार महिलाको पेसागत सुरक्षा,भौतीक स̡ुरक्षा,कार्यक्षेत्रमा
प्रोत्साहन तथा क्षमता बिकास को सवाल जस्ता समस्याहरु मुख्य चुनौती को रुपमा रहेको  औल्याएका छन ।  उनीहरुले पत्रकारीताको समग्र क्षेत्रमा लैगीक बिभेदको अन्त्य हुनु पर्ने, नियुत्तिपत्र अनिबार्य रुपमा उपलब्ध गराइनु पर्ने, श्रमजीबी पत्रकार ऐन लागु गर्नु पर्ने मा समेत जोड दिएका छन ।
 सन्डेक्लब क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिमील्सिना पगेंनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष शिला गुरुङ्गले    सचिव प्रमिला बरालले कार्यक्रम सञ्चालन र सदस्य सहजीकरण  सदस्य गीता लामीछाने बिष्टले गर्नुभएको थियो ।
कार्यक्रममा      क्रियाशील पत्रकार महिला डब्लु डब्लु जे कास्की का अध्यक्ष सरिता तिम्सीना पगेनीले हालै प्रेस काउन्सील नेपालको महिला शसत्तिकरण पुरस्कार बाट सम्मानीत  पत्रकार दुर्गा भण्डारी ,   प्रेस सेन्टर नेपालको हालै सम्पन्न प्रथम केन्द्रिय अधिबेशन बाट   सचिवमा निर्बाचीत हुन सफल पत्रकार गोमा घिमिरे र तमु धी नेपालका प्रथम उपाध्यक्ष मा निर्बाचीत हुन सफल पत्रकार सरस्वती गुरुडलाइ सम्मान  समेत  गर्नुभएको थियो ।

Labels: Girls, Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution