लायन्स क्लव अफ पोखरा हिमालयनको पदस्थापन
नगेनन्यूज डटकम,पोखरा, ३० भदौ । लायन्स क्वल अफ पोखरा हिमालयनको १९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
लायन वर्ष २०१६÷१७ का क्वलका पदाधिकारीहरुलाई प्रमुख अतिथी तथा पदस्थापन अधिकृत एवं डिष्ट्रीक्ट गभर्नर एम.जे.एफ.ला.वालकृष्ण वुर्लाकोटीले पदास्थापन गराएका थिए । सो अवसरमा लायन वर्ष २०१५÷१६ का अध्यक्ष ला.हरि प्रसाद गुरुङ्गले आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यक्रमहरुको कार्यक्रम संयोजकहरुलाई आफ्नो मायाको चिनो प्रदान गरिएको थियो ।
लायन वर्ष २०१६÷१७ का अध्यक्ष ला.हर्क वहादुर गुरुङ्गले आफ्नो कार्य योजना सहित मन्तव्य राखेका थिए । कार्यक्रममा आई.पि.डि.जी., पि.एम.जे.एफ.ला.धुव्र वहादुर थापा, पि.एम. सी.सी.ला.प्रेम वहादुर श्रेष्ठ, एम.जे.अफ. ला. राम वहादुर वसेल र कास्कीकोट झाक्रेपानी खानेपानी संरक्षक समितिका अध्यक्ष लोक बहादुर के.सी. ले शुभकामना मन्तव्य दिएका थिए ।
पोखरा विरौटा स्थित होटल पोखरा ग्रान्डमा सम्पन्न भएको उक्त कार्यक्रममा क्लवका पुर्व अध्यक्ष ला. ओम प्रसाद द्धा ले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा पुर्व अध्यक्ष ला.हरि प्रसाद श्रेष्ठले धन्यवाद ज्ञापन गरेको थियो भने कार्यक्रमको संचालन लायन वर्ष २०१५÷१६ का सचिव ला.सुविन्द्र श्रेष्ठ र पदस्थापीत सचिव ला.देवी प्रसाद गुरुङ्गले गरेका थिए ।
0 comments
Write Down Your Responses