• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, Nepali, News, Sports, Tourism » ३७ जिल्ला एक खुट्टैले साइकलमा घुमेका यमलाल
३७ जिल्ला एक खुट्टैले साइकलमा घुमेका यमलाल

नगेनन्यूज डटकम, लेखनाथ, असोज ९ ।   एउटा भनाइ छ ‘जित्ने मान्छेले नकारात्मक घटनाबाट सकारात्मक बाटो पहिल्याउन सक्छ। हार्ने मान्छे चिन्ता पालेर बस्छ। मेरो सबै स्वाहा भयो, अब केही गर्न सक्तिन भनेर सोच्छ।’ यमलाल रसाइलीले पनि आफूलाई कमजोर सोचेर बसेको भए अहिले घरमै थन्किएर बसेका हुन्थे। तर उनले कमजोरीलाई शक्तिमा बदले र पो अहिले नाम, दाम र शानको जीवन बाँचेका छन्।
३७ वर्षे यामलालको एउटा खुट्टा छैन। तर उनले एउटै खुट्टाले साइकलको पाइडल ठेलेर नेपालका ३७ जिल्ला घुमेका छन्। यतिमात्रै होइन उनले गाउँमै सिलाई दोकान चलाएका छन्। त्यस ठाउँकै नामी सिलाईकटाई मास्टर हुन्। उनले थुप्रै सांगलाई जीवन सिकाएका छन्।
 यमलालले भने ‘म एक खुट्टाले ३७ जिल्ला घुमेको छु। सिलाई पसल चलाएको छु। तालिम दिन्छु। जहान परिवार सुखमै राखेको छु। जीवन खुशीले बाँचेको छु।’ यामलाल ४ वर्षको हुँदा खुट्टा भाँचिएछ। कैलालीको लम्की चुवाको गाउँ अहिलेजस्तो सचेत भइसकेको थिएन। धामीझाँक्री गरे ठिक हुन्छ भन्ने विश्वासभन्दा पनि अन्धविश्वास थियो। नभए काप्रो बाँधे निको हुन्छ भन्थे। गरिब र निम्न वर्गीय यामलालको परिवारले त्यसै गरे तर ठिक भएन। पछि सेती अञ्चल अस्पताल पु¥याउँदा पो थाहा भयो उनको खुट्टा कामै नलाग्ने भइसकेछ। यसरी उनको दायाँ खुट्टाको तिघ्रा मुनिको भाग काटियो। बुझ्ने भएदेखि नै हिम्मतिला यामलाल साथीभाइ, परिवार, छरछिमेकको सहारामा हुर्कँदै १८/१९ वर्षको भइसकेका थिए। नेपाल अपांग संघबाट सिलाईकटाई तालिम लिए।
 प्रशिक्षकको काम पनि पाए। तर घरदेखि टाढा कोठा भाडामा लिएर बस्नुपयो। शुक्रबार परिवार भेट्न फर्कन गाडी चढ्नै लाग्दा यामलाललाई गाडीबाट खसालीदिए। साह्रै कमजोर रहेछु भन्ने यमलाललाई लाग्यो। ‘यो घटनाले मलाई नराम्रोसँग चिमट्यो। के गरौं कसो गरौं भयो। 
मन विक्षिप्त भयो,’ यामलालले भने, ‘त्यसैदिन एउटा निर्णय गरेँ। अब यसरी अरुको भर परेर हुँदैन आफैं आत्मनिर्भर हुनुपर्छ।’ जीवनमा जित्नु छ, अरुभन्दा फरक हुनु छ भने दुखद् दिनबाट सुख्द दिनको सुरुवात गर भन्ने यामलालले त्यही घटनाबाट सिके। काकाको साइकल पसल थियो। यामलालले साइकल नै सिक्न थाले। ‘सुरुमा गाह्रो भयो। कति पछारिएँ तर लक्ष्य छोडिन्,’ यमलालले पुराना दिन सम्झे, ‘दुख भयो भनेर मैले बीचमै छाडेको भए अहिले यहाँ हुने थिइन्।’
 केही समयमा साइकल सिकेर पनि ४० किलोमिटर परदेखि घर आउजाउ गर्न थालेका यामलालमा अर्को काम गर्ने सनक चढ्यो। एउटी अमेरिकी अपांग महिलाले सगरमाथा चढेको खबर सुनेपछि यामलालमा खुशीको सञ्चार गरेको थियो। पुस्कर शाहको विश्व साइकल यात्राले थप उत्साह थप्यो। 
अब म जहाँ पनि साइकल चलाउन सक्छु भने अब साइकलमै नेपाल यात्रा गर्छु भन्ने उनको मनमा जाग्यो। २०५९ सालमा यमलालले साइकल यात्रा थाले। पश्चिम कञ्चनपुरदेख पूर्वी काकडभिट्टा पुगे। विभिन्न पहाडी जिल्ला हुँदै राजधानी, गोरखा, पोखरा, बेनी पुगे। पनि आएका थिए। 
२०५९ सालमै उनले साइकलमा नेपालका ३३ जिल्ला भ्रमण गरे। अहिलेसम्म ३७ जिल्ला घुमिसकेका छन्। उनी अहिले कहिले काठमाडौं, कहिले धरान, कहिले पूर्वी झापा त कहिले पोखरामा साइकलमै गुडिरहेको भेटिन सक्छन्। किनकी उनी साइक्लिङ प्रतियोगितामा भाग लिन ठाउँठाउँ पुग्छन्।
 साइक्लिङ प्रतियोगितामा उनले थुप्रै सांगलाई जितेका छन्। देशका विभिन्न ठाउँमा साइकल ¥यालीमा भाग लिन पुग्छन्। एउटा खुट्टाले साइकल चलाएर मात्रै होइन विभिन्न प्रतियोगिता र ३७ जिल्ला साइकलबाटै यात्रा गरेर चकित बनाएका यामलालको भावी योजना के छ त ? 
‘साइक्लिङ च्याम्पियनसिपमा भाग लिन मन छ। त्यसका लागि पारा ओलम्पिकमा जाने तयारी गर्दैछु। एउटा खुट्टा नभएको एक नेपालीले पारा ओलम्पिक जित्यो भनेर यो देशको नाम रोशन गर्न चाहन्छु,’ उनले सुनाए।---अमृत सुवेदी

Labels: Finance, Nepali, News, Sports, Tourism

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution