• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News, Sports » नेपालको विश्व फुटबल वरियतामा दुई स्थान सुधार
नेपालको विश्व फुटबल वरियतामा दुई स्थान सुधार

नगेनन्यूज डटकम, लेखनाथ, भदौ ३१ | विश्व फुटबल महासङ्घ (फिफा)को विश्व वरियतामा नेपाल दुई स्थान सुधार गर्दै १८६ औँ स्थानमा उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको वरियतानुसार अघिल्लो महिना १८८ औँ स्थानमा रहेको नेपालले दुई स्थान सुधार गरेको हो । 
विश्वमा दुई स्थान बढे पनि दक्षिण एसियाली क्षेत्रमा भने नेपाल चौथो स्थानमा कायम छ । दक्षिण एसियाली मुलुकमा भारत १४८ औँ वरियातासहित शीर्ष स्थानमा छ । 
भारतले चार स्थान सुधार गरेको हो । केही समयअघिसम्म दक्षिण एसिया क्षेत्रमै रहेको अफगानिस्तानभन्दा भारत एक स्थान माथि छ । त्यस्तै माल्दिभ्स १६५औँ स्थानमा छ । उसले एकै पटक नवौँ स्थान सुधार गरेको हो । त्यसैगरी भुटान तीन स्थान माथि उक्लँदै १८९औँ स्थानमा छ भने श्रीलङ्का र पाकिस्तान क्रमशः १९३ र १९४ औँ स्थानमा यथावत् छन् । 
फिफा वरियाताका शीर्ष दुई स्थानमा अर्जेन्टिना र बेल्जियम यथावत् छन् । विश्वविजेता जर्मनी तेस्रो स्थानमा उक्लँदा कोलम्बिया चौथो स्थानमा झरेको छ । पाँच पटकको विश्व विजेता ब्राजिल पाँच स्थान सुधार गर्दै वरियताको पाँचौँ स्थानमा पुग्न सफल भएको छ ।
 वरियताको छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा क्रमशः कोपा अमेरिका विजेता चिली, युरोकप विजेता पोर्चुगल, फ्रान्स र उरुग्वे छन् ।
 यीमध्ये चिली, पोर्चुगल र फ्रान्स एक एक स्थान झरेका हुन् भने उरुग्वेले तीन स्थान सुधार गरेको हो । त्यस्तै एक स्थान सुधार गर्दै वेल्स शीर्ष १० भित्र पर्न सफल भएको छ । 
फिफाले हरेक महिना विश्व वरियता सार्वजनिक गर्ने गर्छ । रासस

Labels: Nepali, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution