नगेनन्यूज डटकम, साउन १७, पोखरा । पत्रकार नारायण शाहीमाथि भएको दुव्र्यवहारको घटना सेलाउन नपाउँदै ट्राफिक प्रहरीले अर्का पत्रकार राजु क्षेत्रीको सवारी चालक अनुमति पत्र कब्जा गरेका छन् ।
पोखराको कालिमाटि स्थित विश्व शान्ति स्तुपा जाने बाटोमा पत्रकार क्षेत्री चढेको स्कुटरलाई रोकेर ट्राफिक प्रहरी सहायक निरीक्षक विष्णुबहादुर पल्लीमगरले क्षेत्रीको सवारीचालक अनुमतिपत्र कब्जा गरेका हुन् ।
बालबच्चालाई छोरेपाटन उच्च माविमा छोड्न जाने क्रममा मगरले क्षेत्रीको लाईसेन्स र सवारी दर्ता पुस्तिका (ब्लु बुक) चेक गरेका थिए ।
चेक गर्ने क्रममा लाईसेन्स र ब्लुबुक दुरुस्त पाईएपछि पनि उनले थप पाँच सय रुपैंयाको चिट काटेको पत्रकार क्षेत्रीले बताए । केही घण्टा लाईसेन्स कब्जामा लिएर पछि फिर्ता दिएको क्षेत्रीको गुनासो छ ।
मगरले यसअघि पनि त्यस क्षेत्रमा आवतजावत गर्ने यात्रुलाई विनाकारण दुःख दिनेगरेको गुनासो आउने गरेको क्षेत्रीले बताए ।
ट्राफिकद्वारा पत्रकार क्षेत्रीको लाईसेन्स कब्जा
0 comments
Write Down Your Responses