• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News, Photo » पोखरा उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई
पोखरा उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई

 नगेनन्यूज डटकम, पोखरा, असार २७ । पोखरा उपमहानगपालिका कार्यालयको चालु आर्थिक वर्ष २०७२।७३ को सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीले गुनासो र प्रश्न ओइर्याएका छन् ।
 सोमबार पोखरा सभागृहमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले गुनासोको चाङ्ग लगाएका हुन् । सहभागीहरुले पोखरा उपमहानगरपालिकाका कर्मचारीहरुको आचरण सुधार नभएको, सेवाग्राहीलाई अनावश्यक दुख दिने गरेको, पोखरा नगरक्षेत्रमा अझैपनि फोहोरको उचित व्यवस्थापन हुन नसकेको, नगरलाई प्लाष्टिकको झोला र गिलास निषेधित क्षेत्र घोषणा गर्ने कार्यक्रम अलपत्र परेको, फूटपाथ, छाडा चौपाय, सार्वजनिक जग्गा संरक्षण लगायतका कार्यक्रमले पूर्णता पाउन नसकेको लगायतका गुनासो गरेका थिए ।
 कार्यक्रममा गुनासोको सुनुवाई गर्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भिमबहादुर कुवँरले नगरपालिकाका कर्मचारीहरुलाई तोकिएको जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो । आवश्यक प्रक्रिया पुरा गरि सेवा लिन आएका सेवाग्राहीको काम तुरुन्तै गरिदिन निर्देशन दिदै कुवँरले आगामी दिनमा सेवाग्राहीका यस्ता गुनासो आउन नदिने बताउनुभयो ।
 तरङ्ग प्रालिको व्यवस्थापन र नगरस्तरीय टोल समन्वय समितिका अध्यक्ष उज्वल खत्रीको अध्यक्षतामा पोखरा सभागृहमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राहीको गुनासोको बारेमा सामाजिक विभाग प्रमुख ओमराज पौडेल, वरिष्ठ ईन्जिनियर शारदामोहन काफ्ले, वरिष्ठ कानुन अधिकृत नारायण शर्मा, वरिष्ठ अधिृकत वसन्त चालिसे लगायतले जवाफ दिनुभएको थियो । 
 कार्यक्रममा नागरिकको गुनासो सुनिसकेपछि पोखरा उपमहानगरपालिकाले तत्कालै लागू गर्ने गरी पाँच बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको छ । प्रतिवद्धता पत्रमा सेवा प्रवाहलाई तत्कालै सुधार गरी कर्मचारीलाई सेवाग्राहीप्रति जिम्मेवार बनाउने, वातावरण संरक्षणका सम्बन्धमा यसअघिका नगरपरिषद्बाट भएका निर्णयहरु तत्काल कार्यान्वयन गरी ढुंगा व्यवसाय, वर्कसप र मासु पसल व्यवस्थापनको काम थाल्ने, फोहोरमैला व्यवस्थापनको कार्य तत्काल प्रभावकारी रुपमा शुरु गर्दै पोखरालाई तत्कालै प्लाष्टिक मुक्त नगर घोषणा गर्ने, लक्षित वर्ग कार्यक्रमलाई वडास्तरबाटै कार्यान्वयन गर्ने र त्यसको लागि संयन्त्र निर्माण गरी परिचालन गर्ने र भवन निर्माण मापदण्डलाई कडाईका साथ लागू गर्ने रहेका छन् । 
 प्रतिवद्धता पत्रमा पोखरा उपमहानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत सहित विभागीय प्रमुख तथा शाखा प्रमुख र राजनीतिक दलका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । ५ सदस्यीय निगरानी समूह गठन पोखरा उपमहानगरपालिकाले सार्वजनिक रुपमा गरेका प्रतिवद्धता र नीति तथा कार्यक्रममा गरेका व्यवस्थालाई कार्यान्वयन गरे नगरेको विषयमा निगरानी गर्नको लागि पाँच सदस्यीय निगरानी समूह गठन गरिएको छ । 
 चालु बर्षको सार्वजिनक सुनवाई कार्यक्रममा सहभागी भएका नगरवासीहरुको माँझ निगरानी समूह गठन गरिएको हो । अन्जु केसीको संंयोजकत्वमा गठन भएको निगरानी समूहमा गणेश श्रेष्ठ, प्रभा पन्त, धनन्जय पौडेल र लेखुराम खती सदस्य रहेका छन् ।

Labels: Nepali, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution