• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
FineArt, Girls, Nepali, News, Photo » ज्योती हमालको प्रफरमेन्स आर्ट उत्कृष्ट भै रु ५ हजारले पुरस्कृत
ज्योती हमालको प्रफरमेन्स आर्ट उत्कृष्ट भै रु ५ हजारले पुरस्कृत


१७ औं राष्ट्रिय सरसफाइ सप्ताहको उपलक्षमा कास्की जिल्लामा उत्कृष्ट कार्यक्रम गर्ने संघसंस्थाहरू र जिल्ला मै सरसफाइको ६ वटा मानकहरूमा प्रथम द्वितीय र तृतिय हुने कार्यालयहरूलाई आज एक  कार्यक्रमका बीच बिच जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (D-WASH CC) कास्की र खानेपानी, क्षेत्रीय अनुगमन तथा सुपरिबेक्षण कार्यालयले नगद सहित पुरस्कार बितरण गरेको छ।


पुरस्कार वितरणका प्रमुख अतिथि क्षेत्रीय प्रशासक  शकंर कोइरालाले पोखराका प्रत्येक कार्यालय सफा राख्नु पर्ने बताउदै  प्रत्येक कार्यालय ग्रहक मैत्री हुनु पर्नेमा जोड् दिनु भयो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले सरसफाई गरेमा संक्रमण रोग नियन्त्रण गर्न सकिने भएकाले यस प्रति सबै नागरिकहरुले ध्यान दिनु पर्ने बताउनु भयो ।

सरसफाईमा राम्रो काम गर्न संस्थाहरुका तर्फबाट प्रथमस् फिर्के(बुलौदी सरसफाइ अभियान नागरीक समिति द्वितीयस् लेखनाथ साना शहरी खाने पानी  उपभोक्ता सँस्था तृतियस् रेडियो जननी परिवार रहेको छ । ती संस्थाहरुलाई क्रमश  नगद १० हजार  २ सय थान टिसर्ट, रु ७ हजार रु ५ हजार  र प्रमाणपत्रले  पुरस्कृत गरिएको थियो । 

तृतिय स्थान प्राप्त रेडियो जननी परिवारले भावनाटीका कला अर्थात परफेमेन्स आर्ट प्रदर्शनी गरेको थियो जसमा कलाकार ज्योति हमालले परफेमेन्स आर्ट गर्नु भएको थियो ।

 "सत्रौ राष्ट्रिय सरसफाई सप्ताह कार्यक्रम २०७३ अन्र्तगत कास्की जिल्लामा उत्कृष्ट कार्यक्रम गर्ने संस्था मध्ये जनचेतनामूलक भावनाटीका कला प्रर्दशन कार्यक्रम सम्पन्न गरेको रेडियो जननी ९०।६ ले नगद रु ५ हजार पुरस्कार सहित प्रशंसा पत्र प्राप्त गरेको छ । यो सम्मानका लागि लागि खानेपानी क्षेत्रीय अनुगमन तथा सूपरिबेक्षण कार्यालय र खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति ९ म्(D-WASH CC) कास्की लाई धेरै धेरै धन्यवाद । बधाई रेडियो जननी ९०।६ को सम्पूर्ण टिम,भावनाटिका कला प्रर्दशनीको मुख्य पात्र कलाकार ज्योती हमाल र नगेन आर्ट ग्यालरी प्रफरमेन्स परिवारलाई ।" रेडियो जननीकी स्टेशन मेनेजर बिमला भण्डारीले भन्नु भयो । पुन धन्यवाद भावनाटिका कला प्रर्दशनी कार्यक्रम सफल पार्नका लागि सहयोगी सम्पूर्ण मनलाई । यस क्षेत्रका आमा समुहहरु, टोल विकास संस्था, वडा नागरिक मञ्च फिर्के बुलौदी सरसफाई अभियानका अभियन्ताहरु , क्षेत्रीय प्रशासन कार्यालय कास्की ,जिविस कास्की र पोखरा उपमहानगरपालिका कार्यालयलाई बिशेष धन्यवाद भण्डारीले भन्नु भयो ।

त्यस्तै गरेर कार्यालय सरसफाई तर्फ प्रथम कार्यालयस् अध्यागमन कार्यालय कास्की द्वितीयस् आन्तरीक राजस्व कार्यालय कास्की र तृतियस् जिल्ला जनस्वास्थ कार्यालय, जिल्ला प्रशासन कार्यालय र क्षेत्रीय प्रशासन कार्यालय रहेका छन् । ती कार्यालयहरुलाई क्रमश ७ हजार ,रु ५ हजार , रु ३ हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको थियो ।

सरसफाई सप्ताह २०७३ जेठ २३ देखी जेठ २९ सम्म संचालन भएको थियो । पुरस्कार रकमको व्यवस्था  खाने पानी क्षेत्रीय अनुगमन तथन सुपरिवेक्षण कार्यालय पोखराले गरेको थियो ।

Labels: FineArt, Girls, Nepali, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution