• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Girls, Nepali, News » लामाचौरका महिलालाई बोल्ने कलाको तालिम
लामाचौरका महिलालाई बोल्ने कलाको तालिम


नगेन न्युज डटकम, पोखरा असार २४ । मानव अधिकारकालागि महिला, एकल महिला समुह लामाचौर वडा नं. १९ को आयोजना तथा पोखरा उपमहानगरपालिकोको सहयोगमा  संचालित २ दिने बोल्ने कला तथा उद्घोषण तालिम विहिबार सम्पन्न भएको छ ।
उक्त समापन समारोहका प्रमुख अतिथि पोखरा उपमहानगर पालिकाका वरिष्ठ अधिकृत ओमराज पौडेलले नेतृत्व तथा व्यत्तित्व विकासकालागि बोल्ने कला अपरिहार्यता रहेको बताए । उनले सहि ठाउँमा सहि शब्दको प्रयोग हुन नसके घर देखिनै द्धन्द्ध सिर्जना हुने भन्दै बोल्ने कलामा विशेष ध्यान दिनु पर्ने बताए । त्यसैगरी वडा १९ का वडा सचिव सूर्य बहादुर नेपालीले पछिल्लो समय उद्घोषण तथा नेतृत्व विकासले महिलाको व्यत्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए । मानव अधिकारकालागि महिला एकल महिला कास्कीका अध्यक्ष प्रमिला तझ्याले अझै पनि बोल्ने कलाको विकास हुन नसक्दा एकल महिलाहरु विभिन्न अवसरबाट बञ्चित भएको भन्दै यस्ता तालिमले एकल महिलाको आत्मविश्वास बढाउन सहयोग हुने बताइन् । 
संचारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माले उद्घोषण, भाषण कलाका बारेमा सहजीकरण गरेको सो तालिममा  ४० जना महिला सहभागि रहेको थियो ।  सहभागिको तर्फबाट बोल्दै पद्मा राना र कल्पना नेपालीले तालिमबाट आफुहरुले औपचारिक कार्यक्रम संचालन विधि प्रक्रिया र भाषण कलाको बारेमा जान्न सफल भएको बताए । 
उक्त समुहका अध्यक्ष सिता भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य कल्पना भण्डारीले र संचालन विन्दु पौडेलले गरेकी थिइन्  । 

Labels: Girls, Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution