• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, Nepali, News » लोकसेवा आयोगले ४ हजार ४ सय १२ का लागि सरकारी जागिर खुल्यो
लोकसेवा आयोगले ४ हजार ४ सय १२ का लागि सरकारी जागिर खुल्यो

काठमाण्डौ । लोकसेवा आयोगले बुधबार स्वास्थ्य सेवा चौथो तह तथा राजपत्र अनकिंततर्फ द्वितीय श्रेणी(प्राविधिक)तर्फको विभिन्न पदमा ४ हजार ४ सय १२ जनाका लागि सरकारी जागिरको अवसर खुल्ला गरेको छ । 
 अनामनगरस्थित आयोगको केन्द्रीय कार्यालय अन्तरगतको सूचना तथा प्रकाशन शाखाले बुधबार आन्तरिक, खुल्ला तथा समावेशी पदहरुमा जनशक्ति माग गरेको हो । ठूलो संख्यामा अ.न.मी., वैद्य, ल्याब असिस्टेन्ट, अ.हे.ब., डार्करुम असिस्टेन्ट, गणक, मेकानिकल इञ्जिनियर, अपरेटर, अमीन, कृषि प्रसार, बागबानी तथा मत्स्यका लागि नायव प्राविधिक सहायक, भेटेनरी, फरेस्टर, गेम स्काउट, महिला विकास निरीक्षक, कम्प्युटर अपरेटर, पशु प्राविधिक, टेलिफोन अपरेटर, बुक बाइण्डर, नायव प्राविधिक सहायक(शिक्षा प्रशासन) लगायतको पदमा दरखास्त आह्वान गरिएको हो । 
 विभिन्न समूहका विभिन्न पदहरुमा क्षेत्रगत र अञ्चलगत रुपमा जनशक्ति माग गरिएको छ । आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटा अन्तरगत ३९० जना, मेची अञ्चल कार्यालय इलाम अन्तरगत २३०, सगरमाथा अञ्चल कार्यालय दिक्तेल अन्तरगत ५३४, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, कमलपोखरीअन्तरगत ३२३, जनकपुर अञ्चल कार्यालय, जलेश्वर अन्तरगत ५२०, नारायणी अञ्चल कार्यालय हेटौंडा अन्तरगत २८५, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, पोखरा अन्तरगत ३४४, लुम्बिनी अञ्चल कार्यालय, बुटवल अन्तरगतत ५००, धवलागिरी अञ्चल कार्यालय, बाग्लुङ अन्तरगत १९४, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, सुर्खेत अन्तरगत २७७, राप्ति अञ्चल कार्यालय, दाङ अन्तरगत २४६, कर्णाली अञ्चल कार्यालय, जुम्ला अन्तरगत १९१, सुुदुरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, दीपायल अन्तरगत २८७, महाकाली अञ्चल कार्यालय, महेन्द्रनगर अन्तरगत ९१ वटा पदमा दरखास्त आह्वान गरिएको छ । 
 आफू अनुकुल पदमा आवेदन दिन चाहेनेले अनलाइनमार्फत मात्र दरखास्त बुझाउनुपर्ने नियम राखिएको छ । अनलाइन दरखास्त दिने तरिका आयोगको वेबसाइटबाट थाहा पाउन सकिन्छ । प्रत्येक पदका लागि परीक्षा दस्तुर ३ सय रुपैयाँ तोकिएको छ भने थप समावेशी समूहका लागि १ सय ५० रुपैयाँ थप्नुपर्नेछ । चैत २४ गतेबाट सुरु भई बैशाख १४ गतेसम्म दरखास्त दिन सकिने र दोब्बर दस्तुर तिरेर बैशाख २१ गतेसम्म दरखास्त भर्न सकिने आयोगको सूचनामा उल्लेख छ । 
दरखास्त आह्वान गरिएका सबै पदहरुका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, तर महिला तथा अपांगको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । स्वास्थ्य सेवाको हकमा चाहि १८ वर्ष पूरा भई ४५ र्ष ननाघेको हुनुपर्नेछ । बहालवाला स्थायी निजामति कर्मचारीको हकमा भने उमेरको हद लागू नहुने स्पष्ट पारिएको छ ।

Labels: Finance, Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution