बिरालोसँग विवाह गर्ने महिला
फाल्गुन २४, २०७२-
बिरालोसँग विवाह ? सामान्यत: मानिसले जनावरसँग विवाह गरेको घटना सुनिँदैन, तर बेलायतकी ४८ वर्षीया बारबरेला बुच्नरले आफ्नो प्रेमसम्बन्ध टुटेपछि स्पाइडर र लुगोसी नामका दुईवटा बिरालोसँग विवाह गरिन् ।
उनले साँचो माया गर्ने कोही नभेटेपछि बिरालोसँग विवाह गरेको मिरर सिओडट्युकेले जनाएको छ ।
बारबरेला पेसाले वेव डिजाइनर हुन् । सात वर्ष लामो प्रेम सम्बन्धको पीडादायक बिछोडपछि उनले यस्तो निर्णय लिएकी हुन् । बिरालोसँग विवाह गर्दा माया, प्रेम र खुसी पाएको उनी बताउँछिन् ।
‘मलाई कत्ति पछुतो लागेको छैन ।’ बारबरेलाले भनिन्, ‘अरूले मेरा बारेमा के भन्छन्, त्यो मलाई मतलब छैन ।’ उनी सानैदेखी जनावर प्रेमी थिइन् । सानो छँदा उनको घरमा बिराला पालिन्थे । कालान्तरमा उनी बिरालोसंगै विवाह गर्न पुगिन् ।
0 comments
Write Down Your Responses