मनोनितले मतदान गर्न नपाउने निर्णय गर्दै निर्वाचन समितिले मतगणना प्रकृया शुरु
काठमाडौं– काँग्रेस सभापतिको मतगणना शुरु भएको छ । ३० मनोनित प्रतिनिधिको मताधिकार विबाद टुंग्याएपछि निर्वाचन समितिले मतगणना सुरु गरेको हो ।
राष्ट्रिय सभागृहको बाल्कोनीमा तीन समूह बनाएर मतगणना शुरु गरिएको हो । मत गन्नका लागि ३० जना कर्मचारीहरु खटिएका छन् ।
निर्वाचन समितिका सचिव प्रदिप पराजुलीका अनुसार एकजना उम्मेदवारका लागि पाँच जनाका दरले पन्ध्र जना एजेण्ट राखिएको छ ।
यसअघि मतदान सकिएको केहीबेरमै मतगणना शुरु हुने भनिएपनि मनोनित ३० जना प्रतिनिधीको विबादका कारण ढिला हुन गएको हो ।
केन्द्रिय समितिले बाधा अड्काउ फुकाउन केन्द्रिय समितिमा लेखि पठाउने र यसपटक मनोनितले मतदान गर्न नपाउने निर्णय गर्दै निर्वाचन समितिले मतगणना प्रकृया शुरु गरेको हो ।
महामन्त्री, कोषाध्यक्ष र केन्द्रिय सदस्यको मतपेटिका भने पार्टी कार्यालय सानेपा लगिएको छ ।
सभापतिको मतगणना सकिएपछि अरुको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको बिधान अनुसार सभापतिको उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा पुनः मतदान गर्नुपर्ने व्यवस्था छ । सभापतिका उम्मेदवार रामचन्द्र पौडेल, शेर बहादुर देउवा र कृष्ण सिटौला तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत नआएमा दोश्रो पटक मतदान गर्नुपर्ने प्रावधान छ ।
0 comments
Write Down Your Responses