जलवायू अनुकूलन कोषको अध्यक्षमा नेपालका नरेश शर्मा निर्वाचित
जर्मन, चैत ८ - विकसित देशहरुले अतिकम विकशित देश तथा विकासोन्मूख देशलाई गर्ने सहयोग बढाउनुपर्ने निष्कर्ष निकाल्दै जलवायू अनुकूलन कोष को बैठक जर्मनीमा सम्पन्न भएको छ ।
दुई महिना अघि सो कोषको अध्यक्षताको लागि नेपाल छानिएको हो । जनसंख्या तथा वातावरण मन्त्रालयका उपसचिव तथा कृषि अर्थविज्ञ नरेश शर्मा नेपालको तर्फबाट अध्यक्षको रुपमा निर्वाचित भएका छन्।
यही मार्च १७–१८सम्म जर्मनमा शर्माकै अध्यक्षतामा बसेको बैठकले पेरिसमा जलवायू परिवर्तन सम्बन्धी सम्मेलनले गरेका सम्झौताहरुलाई कार्यान्वयनमा लैजान पर्नेमा जोड दिएको छ ।
त्यस्तै, कोषमा समुदायको सहभागिता गर्दै अरु नयाँ कार्यक्रमहरु ल्याउनुपर्ने खाँचो बैठकले औल्याएको छ ।
कोषलाई अझ बढी जिम्मेवार बनाउँदै जलवायू परिवर्तनका असरले उत्पन्न परिस्थितिसँग जुध्न अतिकम विकसित देशहरुले गर्ने सहयोगतर्फ बढाउनुपर्नेमा अध्यक्ष शर्माले जोड दिए। यो कोषले जलवायु परिवर्तनले असर गरेका देशहरुमा त्यसले उत्पन्न गरेका अभावको सामना गर्नका लागि कार्यक्रमहरु सञ्चालन गर्न वित्तिय सहयोग उपलब्ध गराउँदछ ।
विकसित देशले उपलब्ध गराएको आर्थिक सहयोगको विकासोन्मूख तथा विकासशील देशहरुमा अनुकूलनका कार्यक्रम सञ्चालन गर्न उद्देश्यले सन–२००० मा स्थापना भएको हो । कोषमा ३२ देशका ३२ जना सदस्य छन् ।
कोषका अध्यक्ष उपसचिव शर्माले अतिकम विकसित मुलुहरुको तर्फबाट सन–२०१५ देखि सो कोषको बोर्डमा सदस्यको रुपमा समेत काम गरिसक्नु भएको हो ।
यस अघि शो बोर्डको अध्यक्षको रुपमा नर्वेका ह्यान्स ओलाभ आईब्रेक थिए । अध्यक्षको पदावधि एक वर्षको रहनेछ ।
0 comments
Write Down Your Responses