• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News » १२.६४ अर्ब ऋण नतिरी बोनस जम्मा गर्दै आयल निगम
१२.६४ अर्ब ऋण नतिरी बोनस जम्मा गर्दै आयल निगम

फाल्गुण ११,काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर घटे पनि नेपाल आयल निगमले घटाएको छैन । पुरानो ऋण चुक्ता गर्ने नाउँमा उसले पेट्रोल, डिजेल र मटितेलमा उच्च नाफा राखेर बोनस खातामा रकम जम्मा गरिरहेको छ । यसको मार सबैतिरबाट उपभोक्तालाई परेको छ ।
 निगमले सरकारसँग लिएको १२ अर्ब ६४ करोड ऋण पूरै भुक्तानी नगर्दासम्म बोनस बाँड्न नपाउने भएकाले गत वर्ष र चालू आवका ६ महिनाको नाफाबाट १० प्रतिशत रकम बोनस शीर्षकमा छुट्याएर राखेको छ । निगमले ऋण चुक्तान गर्नेबित्तिकै यो बोनस बाँडिनेछ । निगमको दाबीअनुसार ऋण यही वर्षभित्र चुक्ता हुने सम्भावना छ । त्यसपछि कर्मचारीको खातामा लाखौं रकम जम्मा हुनेछ । कारोबार दैनिकमा खबर छ । ऋण चुक्ता गर्ने भने पनि निगमले भुक्तानी र ब्याजमा थोरैमात्र रकम छुट्याएर नाफा शीर्षकमा उच्च रकम राखेको छ । नाफा शीर्षक उच्च राख्नुले बोनसप्रतिको लगाव दर्साउने उपभोक्ताकर्मी बताउँछन् ।

Labels: Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution