• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, News, Polites » काँग्रेस चितवनको सभापतिमा युवा नेता जीतनाराण श्रेष्ठ र सचिवमा युवा नेता उत्तम जोशी निर्वाचित (मत परिणामसहित)
काँग्रेस चितवनको सभापतिमा युवा नेता जीतनाराण श्रेष्ठ र सचिवमा युवा नेता उत्तम जोशी निर्वाचित (मत परिणामसहित)

चितवन, फागुन ३– नेपाली काँग्रेस चितवनको १३ औं जिल्ला अधिवेशनबाट सभापतिमा कान्छा युवा नेता जीतनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । भर्खरै सकिएको मतपरिणाम अनुसार ३६ वर्षिय युवा नेता श्रेष्ठले सभापतिका प्रत्याशी दिनेश कोइरालालाई १६४ मतको अन्तरले पराजित गर्दै सभापतिमा निर्वाचित भएका हुन् । 
 अधिवेशन अन्तरगत आज सभापति पदका लागि भएको दोस्रो चरणका निर्वाचनको मतगणना भएको हो । सभापतिका प्रत्याशी दिनेश कोइरालाले ३३७ मत प्राप्त गर्नुभयो । कुल ८ सय ७३ मत खसेको थियो । सभापतिमा निर्वाचित नेता श्रेष्ठले पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिवद्धता जनाउनुभयो । उहाँले निर्वाचिनमा प्रतिस्पर्धा भएपनि पार्टीमा कुनै किसिमको गुटउपगुट आउन नदिने सभापति श्रेष्ठले प्रतिवद्धता जनाउनुभयो । यस्तै सचिव तर्फ युवा नेता उत्तम जोशी निर्वाचित हुनु भएको छ । 
उहाँले ३१० मत प्राप्त गर्नुभयो भने प्रत्यासी कैलाश कोइराला २५२ र शालिग्राम शर्माले २९१ मत प्राप्त गर्नुभयो । यस्तै यसअघि माघ २५ गते भएको निर्वाचनमा कोषाध्यक्षमा शंकर कँडेल निर्विरोध निर्वाचित भईसक्नु भएको छ । यस्तै क्षेत्रबाट जिल्ला सदस्यका लागि भएको निर्वाचनको मत परिणामहरु सार्वजनिक भएको छ । हालसम्म जिल्ला सदस्यमा क्षेत्रहरु तर्फबाट निर्वाचित हुनेहरुको नामावली यसप्रकारको छः
  चितवन क्षेत्र नं.१ बाट जिल्ला सदस्यमा निर्वाचित हुनेहरुः 
१. टंक उप्रेती (८१) २. दिनेश अधिकारी (७२) ३. रामबहादुर लामिछाने (५९) ४. हरिहर सुवेदी (५५) ५. सावित्री उप्रेती (६०) 
चितवन क्षेत्र नं.२ बाट जिल्ला सदस्यमा निर्वाचित हुनेहरुः 
१. सूर्य अर्याल (११०) २. कृष्णप्रसाद श्रेष्ठ (९२) ३. प्रल्हाद सापकोट (८४) ४. दिवाकर अर्याल (८१) ५. निता ढकाल (निर्विरोध) 
  चितवन क्षेत्र नं.३ बाट जिल्ला सदस्यमा निर्वाचित हुनेहरुः 
१. इश्वरीराज लौडारी (५९) २. केशव महर्जन (४२) ३. जयराम श्रेष्ठ (४१) ४. झलकबहादुर गुरुङ (५०) ५. इन्दु पण्डित (२७) 
  चितवन क्षेत्र नं.४ बाट जिल्ला सदस्यमा निर्वाचित हुनेहरुः
१. निलमणी पाठक (६५) २. राजीव न्यौपाने (६०) ३. द्रोणबहादुर गुरुङ (५५) ४. दीपक अधिकारी (५३) ५. देवकी गौतम (९४)
  चितवन क्षेत्र नं.५ बाट जिल्ला सदस्यमा निर्वाचित हुनेहरुः 
१. चित्रसेन अधिकारी (६०) २. रामहरि दवाडी (५३) ३. हेमलाल भट्टराई (४४) ४. शोभाखर चापागाई (४१) ५. डोलकान्ती न्यौपाने (निर्विरोध)

Labels: Nepali, News, Polites

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution