तिन दिने पश्चिमाञ्चल स्तरिय फिचर लेखन तालिम शुरु
लेखनाथ, १५ ,फागुन- सञ्चारिका समुह पश्चिमाञ्चल शाखाले गरेको पश्चिमाञ्चल स्तरिय फिचर लेखन तालिमको प्रमुख अतिथि पोखरा उपमहानगर पालिकाको कार्यकारी अधिकृत झलकराम अधिकारीले व्यानरमा हस्ताक्षर गरेर उद्घाटन गर्नु भयो ।
महिला पत्रकारको क्षमता तथा दक्षता अभिवृद्धिका साथै महिलाका मुद्धाहरुमा वकालत गर्दै आएको क्रियाशिल संस्था सञ्चारिका समुह पश्चिमाञ्चल शाखाले तिन दिने पश्चिमाञ्चल स्तरिय फिचर लेखन तालिम पोखरामा दिन लागेको हो ।
तामिमका प्रमुख प्रशिक्षक मोहन मैनाली र सहायक प्रशिक्षक भिम धिमिरे कान्तिपूरका पश्चिमाञ्चल प्रमुख हुनुहुन्छ ।
अतिथिहरु नेपाल पत्रकार महासघंका केन्द्रिय सदस्य रुद्ध भट्ट, पत्रकार महासघंका केन्द्रिय तथा सञ्चारिका समुह पश्चिमाञ्चल शाखाकी पूर्व अध्यक्ष शुष्मा पौडेल, प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष नवराज सुवेदि, दुर्गा भण्डारी, प्रेस चौतारी कास्कीका अध्यक्ष राम्जी लम्साल, कास्की आवाजकी सरस्वती गुरुङ्ग, पोखरा उपमहानगर पालिकाको ई.धुर्व भट्टराई र सुरज प्रधानाङ्गहरु हुनुहुन्थ्यो ।
कार्यक्रमको सभापतित्व सञ्चारिका समुह पश्चिमाञ्चल शाखाकी अध्यक्ष जमुना वर्षा शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य सञ्चारिका समुह पश्चिमाञ्चल शाखाकी सह सचिव सावित्रि गौतमले गर्नुका साथै कार्यक्रम संञ्चालन कञ्चन थापाले गर्नुभएको थियो ।
0 comments
Write Down Your Responses