ताइवानमा पनि महिला राष्ट्रपति
ताइवानको पहिलो महिला राष्ट्रपतिका रुपमा साइ इङ वेन विजयी भएकी छन्। प्रतिष्पर्धी इरिक छुलाई हराउदै शनिबार वेन ताइवानको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी हुन्। छुले हार स्वीकार्दै वेनलाई बधाइ दिएका छन्। ‘यो ताइवानका जनताको छनौट हो‘ छुले भनेका छन्। ५९ वर्षिय वेन डेमोक्राटिभ प्रोगेसिभ पार्टीकी नेता हुन्। उनी कानुनकी प्राध्यापक समेत हुन्।
नेपालसहित संसारका १३ वटा देशमा अहिले महिला राष्ट्रपति छन्।
0 comments
Write Down Your Responses