• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali » आजको राशिफल वि.सं.२०७२ साल पुस २१ गते। मंगलबार।
आजको राशिफल वि.सं.२०७२ साल पुस २१ गते। मंगलबार।

वि.सं. २०७२ साल पुस २१ गते। मंगलबार। इश्वी सन् २०१६ जनवरी ५ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– एकादशी, २९:२४ बजेउप्रान्त द्वादशी। नगेन न्यूज डट कम याँहाहरुको दिन शुभ बितोस् भनि कामना गर्दछौ ।
  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
  बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) प्रयत्न गर्दा प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। 
  मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ। 
  कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
  सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
  कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ। 
  तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक काम सुरु गर्ने समय छ। कार्यक्षेत्रमा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
  बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य फाइदा मिले पनि घरखर्चको मात्रा बढ्ने देखिन्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहाला। होसियारीसाथ काम लिनुपर्ने समय छ। 
  धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्नन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। 
  मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले फाइदा हुनेछ।

Labels: Nepali

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution