७० देखि ८० वर्षमा हिमनदी सबै बिलाउने अनुमान
काठमाडौं । विश्वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ।चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
चाइनिज एकेडमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनालासमेत संकटमा पर्नसक्ने देखिएको छ। तापक्रम मापन यन्त्रले उपलब्ध गराएका तथ्यांक विश्लेषण गरी यस्तो तथ्य सार्वजनिक गरिएको वैज्ञानिकहरूले बताएका छन्।
युरोपेली, जापानी र अमेरिकी वैज्ञानिकहरूले हालै गरेको संयुक्त अध्ययनले आगामी ७० देखि ८० वर्षमा सगरमाथाका हिमनदी सबै बिलाउने अनुमान गरेको छ।
विश्वव्यापी रूपमा उत्सर्जन भइरहेको हरित गृह ग्यासका कारण सगरमाथालगायतको तापक्रम तथा हिउँ पग्लिने क्रम बढेको हो। भारत र चीनबाट उत्सर्जन हुने ब्ल्याक कार्बन तथा कार्बनडाइअक्साइडका कारण पनि सगरमाथाको हिउँ विश्वमै सबैभन्दा छिटो पग्लिरहेको वैज्ञानिकहरूको निष्कर्ष छ।
0 comments
Write Down Your Responses