• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, Nepali, News, Photo » गाउँकै चिनेकाहरुले पेट्रोल छर्किएर जलाए : राजवंशी
गाउँकै चिनेकाहरुले पेट्रोल छर्किएर जलाए : राजवंशी

गाउँकै चिनेका साथीहरुबाट भातीगञ्ज –७ का २८ वर्षीय बब्लु राजबंसी बिहीबार जलाइए। ती युवाहरु मोर्चाका हुन् या होइनन् त्यो थाहा छैन। तर, जलाउनेहरु चिनेकै युवाहरु रहेको र आफूलाई 'पेट्रोल किन ल्याएको भन्दै जलाएको' उनले बताएका छन्।
 बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत राजवंशीले मोरङको खोर्सानेमा पेट्रोल लिएर जाने क्रममा भातिगञ्ज–२ का युवाहरुले आफूमाथि अनाहकमा आक्रमण गरेको बताए। सुरुमा चक्कु निकालेर पेट्रोल काटेको र त्यही पेट्रोल आफूमाथि पनि लागेकाले सलाई कोरेर जलाउने क्रममा आफूलाई पनि लागेको उनले बताए।
 उनले भने 'बन्दको बेला किन पेट्रोल लिएर आएको भने।
 चक्कु निकाले पेट्रोलको ग्यालेन काट्ने क्रममा मलाई पनि जलाएका थिए।' उनको देब्रे हात पूर्ण रुपमा जलेको छ। हातमा फोका फोका उठेको छ भने दाँया पेटमासमेत उस्तै अवस्थामा छ। देब्रे खुट्टामा पनि उस्तै अवस्था छ। देब्रे खुट्टामा भने उनको ब्याण्डेज बाँधिएको छ। उपचारका संलग्न चिकित्सकहरुले उनी खतरा भन्दा बाहिर रहेको दाबी गरेका छन्। उनको हाल उपचार भइरहेको छ।
विराटनगरस्थित कोशी अस्पतालमा उपचार हुन नसकेपछि उनलाई धरानस्थित प्रतिष्ठानमा ल्याइएको हो। बब्लुले घरबाट ४० लिटर पेट्रोल लिएर खोर्साने ग्यारेजमा जाँदै गरेका थिए। उनले आफ्नो हिरा ग्यारेजमा लग्दै गरेको र भातीगञ्ज-२ को मूख्य चोकमा युवाहरुले रोकेर पेट्रोलसहित जलाइदिएको बताए। उनी को १५ प २४५० नम्बरको मोटरसाइकलबाट पेट्रोल लिएर जाँदै थिए।
उनीहरु मोर्चामा भए पनि नभए पनि काबारहीको दायरामा आउनु पर्ने बताएका छन्। 'जस्ले यस्तो कृयाकलाप गरेका छन्, उनीहरुमाथि कारबाही हुनुपर्छ,' स्थानीय भूपेन्द्र राजबंसीले भने। घटनामा करिब १० जना भन्दा बढी सङ्लग्न भए पनि बब्लुले ५ जनालाई चिनेको र नाम भने थाहा नभएको बताएका छन्।

Labels: Finance, Nepali, News, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution