प्रमुख ठुला ५ दलको बैठक साझ
काठमाडौँ, मङ्सिर ६ - मधेसमा जारी आन्दोलनका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रमुख राजनीतिक दलको बैठक बोलाउनुभएको छ ।
मधेस आन्दोलन र नाकाबन्दीका कारण देखिएको सङ्कटबारे छलफल गर्न प्रधानमन्त्रीले प्रमुख दलको बैठक बोलाउनुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।
देशमा देखिएको समस्या समाधानका लागि प्रमुख दलको समान धारणा बनाउने उद्देश्यले आइतबार साँझका लागि बैठक डाकिएकोे हो ।
बैठकमा प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राप्रपा (नेपाल), मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) तथा राप्रपाका शीर्षनेताको उपस्थिति हुनेछ ।
0 comments
Write Down Your Responses