राती १० बजेपछि देउसी भैलो खेल्न रोक (विज्ञप्तीसहित)
काठमाडौं, कार्तिक २४ - सरकारले राती १० बजेपछि तिहारको देउसी भैलो खेल्न रोक लगाएको छ ।
गृहमन्त्रलयले देउसी भैलो लगायतका सास्कृतिक कार्यक्रमहरु रातको समयमा सञ्चालन गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने कारण देखाउँदै राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको हो ।
‘रातको समयमा देउसी भैलो सञ्चालन गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरि देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु बेलुकी २२ बजेसम्ममात्र गर्न गृहमन्त्रालय सम्बिन्धित सबैमा हार्दिक अनुरोध गर्दछ’, गृहप्रवक्ता लक्ष्मी प्रसाद ढकालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा तिहार , छठ जस्ता पर्वहरुमा भुईँचम्पा, पटाका र अतिसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न– नगराउन समेत सबैमा अनुरोध गरिएको छ । यदी कसैले यस विपरित कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने समेत गृहले चेतावनी दिएको छ । - एजेन्सी
0 comments
Write Down Your Responses