कार्यकर्ता नभए पनि कृष्णप्रसाद सिटौला र चित्रलेखा यादवले गुट अदलबदल गरे
काठमाडौं, मंसिर ८ - नेपाली कांग्रेसमा महाधिवेशनको रन्को लागेको छ ।
पार्टीले महाधिवेशनको तयारीलाई अगाडि बढाएपछि नेताहरुमा महाधिवेशनको तातो सुरु भएको हो ।
महाधिवशनको तातो शुरु भएसँग कांग्रेसमा गुट परिवर्तनको चलखेल तीब्र बन्न थालेको छ । नेताहरुले आफूलाई केन्द्रमा राखेर गुट उपगुट परिवर्तनको खेललाई अगाडि बढाएसँग त्यो क्रम तल्लो तहसम्म अगाडि बढेको छ ।
खासगरि अहिले केन्द्रमा रहेका कार्यकर्ता बिनाका महामन्त्री कृष्णप्रसाद सिटौला र चित्रलेखा यादवले गुट अदलबदल गरेको चर्चाले कांग्रेसको वृत्तमा चर्चा गर्माएको छ ।
कार्यकर्ता नभए पनि सिटौला कांग्रेस शक्ती केन्द्र चिनेर आफुलाई नेतृत्व तहमा रिगाउन भने सफल भएका छन् ।
देउवा क्याम्पमा पुगेसँगै कांग्रेसको समीकरणमा त्यसले ठूलै तरंग ल्याउने चर्चा छ । खासगरि संविधान निर्माण सिटौलाले महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण सिटौलाको हाइट उठेको छ ।
पार्टीको १३ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेसभित्र गुट परिवर्तनको क्रम पनि सुरु भएको हो ।
पार्टीको तल्लो तहसम्म गुट परिवर्तन हुने कुरा त स्वाभाविक नै भयो तर केन्द्रीय पदाधिकारी समेत गुट फेर्न थालेका छन् ।
१२ औं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवाको गुटबाट कोषाध्यक्ष जितेकी चित्रलेखा यादवले अहिले देउवालाई छाडेको कांग्रेस निकट स्रोतले बतायो ।
उनी सभापति सुशील कोइराला उपचारका लागि अमेरिका प्रस्थान गर्दा बिदाइका लागि विमानस्थलसम्म पुगेकी थिएन् । कोइराला सरकारमा रहँदा नै गुट परिवर्तन गरेको बताइन्छ ।
सो सरकारका एक मन्त्रीले भने, मन्त्रिपरिषद् बैठकमा कुनै मन्त्रीले विदेश भ्रमणको प्रस्ताव लाग्यो भने कोइराला स्वीकृत गर्न नै अन्कनाउँथे र यादवले लगेको प्रस्ताव छ भने छलफल नै नगरी स्वीकृत गरौं भन्थे ।
यादवलाई आफ्नै गुटमा ल्याउनकै लागि कोइरालाले त्यो रणनीति अपनाएको देउवा निकटहरुले अहिले बुझ्न थालेका छन् । महाधिवेशनपछि कोइराला समूहबाट महामन्त्रीमा मनोनित कृष्णप्रसाद सिटौलाले पनि गुट परिवर्तन गरेको कांग्रेस स्रोतको दाबी छ । स्रोतका अनुसार अहिले उनको हिमचिम देउवासँग बाक्लिन थालेको छ ।
देउवा जाने प्रायः कार्यक्रममा उनी छुट्दैनन् ।
कोइराला नेतृत्वको सरकारमा मन्त्री नपाएपछि नै कोइरालासँग चिढिएका देउवा पछिल्लो समयमा पूर्वसहमति अनुसार एमालेलाई सरकारको नेतृत्व नदिएर कोइराला आफै प्रधानमन्त्रीको उम्मेदवार बनेपछि झन् चिढिएको बताइन्छ ।
छलफल साप्ताहिका अनुसार यस अघि पनि सिटौला एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने र त्यो सरकारमा कांग्रेसको तर्फबाट उपप्रधानमन्त्री र गृहमन्त्री सहित आफूले नेतृत्व गर्ने प्रयासमा थिए । तर उनको प्रयास पानीको फोका जस्तै भएको छ ।
0 comments
Write Down Your Responses