• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Finance, Nepali, News » नेपालकै पहिलो र एकमात्र ठूलो फार्म, ५० करोड रुपैयाँ लगानीमा एग्रो फार्म सञ्चालन
नेपालकै पहिलो र एकमात्र ठूलो फार्म, ५० करोड रुपैयाँ लगानीमा एग्रो फार्म सञ्चालन

कार्तिक २ - भीरकोट नगरपालिका ६ खिलुङदेउरालीमा ५० करोड रुपैयाँ लगानीमा एग्रो फार्म सञ्चालनमा आएको छ। सञ्चालकले यो नेपालकै पहिलो र एकमात्र ठूलो फार्म भएको दाबी गरेका छन्। ४० रोपनी क्षेत्रफलमा सञ्चालित फार्म जर्मन प्रविधिमा आधारित छ। 
खिलुङकालिका फार्मको वर्ष अघिदेखि निर्माण कार्य थालिएको थियो। विभिन्न पेसा तथा व्यवसायमा संलग्न स्थानीय गंगाप्रसाद अर्याल, हरिप्रसाद शर्मा, चूडामणि शर्मा, श्यामप्रसाद अर्याल, शोभाकान्त ढकाल र भेषराज अर्यालको लगानी रहेको फार्मको शुक्रबार उद्घाटन भयो। ‘फार्म विधिवत् रूपमा शुक्रबारबाट सञ्चालनमा ल्याएका छौं,’ प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भने, ‘स्थानीयलाई पनि रोजगार दिने योजना हो।’ ढकालका अनुसार फार्ममा जर्मनी प्रविधिमा आधारित स्वचालित व्याट्रीकेज स्टिम प्रयोग गरी अन्डा उत्पादन गरिने छ।
 ‘अहिले फार्ममा हाइलाइन जातका २ लाख कुखुरा छन्,’ ढकालले भने, ‘एक लाख ५० हजारले दैनिक अन्डा उत्पादन गर्छन्।’ अन्डा उत्पादन नगर्ने ५० हजार चल्ला रहेका र फेरि थप गरी दैनिक २ लाख अन्डा उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए। चल्ला हालेको ४ महिनादेखि अन्डा दिने फार्मले जनाएको छ। चल्लालाई दाना पानी, औषधि उपचार, सुली जम्मा गर्नेदेखि लिएर फार्ममा आवश्यक अन्य कामहरू पनि मेसिनद्वारै हुने ढकालले बताए। 
सञ्चालक गंगाप्रसाद अर्यालका अनुसार हाल फार्ममा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका र निकट भविष्यमा १ सय बढी युवालाई रोजगार दिने लक्ष्य लिइएको छ। कुखुराका चल्ला भने चितवनबाट खरिद गरिने फार्मले जनाएको छ। आँधीखोलाको किनारमा निर्मित फार्मको क्षेत्रीय कृषि निर्देशक लेखनाथ आचार्यले उद्घाटन गरे। - कान्तिपुर 

Labels: Finance, Nepali, News

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution