• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Entertainment, Nepali, Photo » वडा नम्बर ६ चलचित्रलाई ओष्करमा पर्याउनै पर्छ
वडा नम्बर ६ चलचित्रलाई ओष्करमा पर्याउनै पर्छ

हाँस्यकलाकारहरुले निर्माण गरेको चलचित्र वडा नम्बर ६ हेर्न पुर्व प्रधानमन्त्री तथा एमाओवादी का नेता डा. बाबुराम भट्टराई, सुचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, एमाओवादी नेतृ हिसिला यमी कुमारी हलमा पुगेका थिए। चलचित्रको युनिटसँगै बसेर सिनेमा हेरेका नेताहरुले चलचित्र मन पराएको बताए ।
 ‘यस्ता चलचित्रहरु बन्ने हो भने विदेशी चलचित्रहरुको प्रभुत्व घ्टछ नेपाली सिनेमा उद्योगले पश्रय पाउछ’ चलचित्र हेरिसकेपछि डा. भट्टराईले भने ‘म यो चलचित्रलाई १० मा आठ दिन्छु ।’ उनले चलचित्र हेरिरहदा जनयुद्वको पलहरुलाई सम्झिएको पनि सुनाए । डा. भट्टराईले चलचित्र वडा नम्बर ६ लाई सरल, यथार्थमा आधारित र गुणस्तरीय चलचित्र भनी प्रतिक्रिया दिएका छन्। यता भट्टराई पत्नी हिसिला यमीले पनि चलचित्रले मन छोएको प्रतिक्रिया दिएकी छिन् । 
‘नेपालको युनिक एक्सपेरिमेन्टल चलचित्र हो वडा नम्बर छ, त्यसैले यो चलचित्रलाई ओष्करमा पर्याउनै पर्छ’ हिसिलाले भनिन्, ‘यो चलचित्रलाई म १० मा ११ दिन्छु ।’ उनले कलाकार दिपाश्रीको अभिनय मन परेको बताईन । उनले दिपालाई महिला शसक्तिकरणको आवाज बोल्ने अभिनय गरेको भनि मुक्तकण्ठले प्रशंसा गरिन् । सुचना तथा सञ्चारमन्त्रीले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए ।
 नेपालको समसामयिक राजनितिलाई पृष्ठमा राखेर रमाईलो कमेडी चलचित्रले प्रस्तुत गरेको रहेछ, सिनेमा हेरेर धेरै हासियो मन्त्री रिजालको प्रतिक्रिया यस्तो थियो । सिनेमा हेर्न चलचत्रि विकास बोर्डका अध्यक्ष राजकुमार राई सहित बरिष्ठ सिनेकर्मी अशोक शर्मा लगातय चलचित्र युनिट सहित सञ्चारकर्मी र पत्रकारहरुको उपस्थ्तिी रहेको थियो ।
 चलचित्रको विशेष शोमा चलचित्रका कलाकारहरुले प्राप्त प्रतिक्रियाबाट शुखी हुदै रमाईलो पनि गरेका थिए । नायिका प्रियंकालाई सिताराम कट्टेलले जुरुक्क उचाले भने छेवैमा रहेकी श्रीमती तथा यस चलचित्रकी निर्मात्री कुञ्जना घिमिरेलाई गालामा चुम्बन पनि गरे । केदार घिमिरे माग्ने बुढालाई पनि प्रियंका र दिपाश्रीको अंगालो निकै फापेको देखियो । उज्जल घिमिरे निर्देशित चलचित्र ‘वडा नम्बर ६’ ले यतिबेला राजधानीका हलहरुमा हाउसफुलको ब्यापार गरिरहेको छ । स्रोत :- जनतान्त्रिक खबर

Labels: Entertainment, Nepali, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution