• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, Polites » दिपावालीको लागि तयार हुनु भदौ २८ गते संविधान आउछ - भण्डारी
दिपावालीको लागि तयार हुनु भदौ २८ गते संविधान आउछ - भण्डारी

काठमाडौँ,भाद्र २६ - नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले आगामि भदौ २८ गते संविधान जारी हुने भन्दै दिपावालीको लागि तयार भएर बस्न आग्रह गरेकी छन्। रिपोर्टर्सं क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन–अब संविधान बन्यो, निश्चित हुनुस्, हामीले संविधानसभामा हस्ताक्षर गरेपछि भदौ २८ गते संविधान जारी हुन्छ। संविधान निर्माणको प्रक्रिया रोकिदैन। भोलीबाट प्रक्रिया सुरु हुन्छ। 
भण्डारीले तराईमा भईरहेको आन्दोलनलाई साम्प्रदायिक दंगातर्फ लान खोजिएको आरोप लगाउँदै यस अवस्थामा तराईका जनताको शान्ति सुरक्षाको लागि सेना परिचालन गरिएका
लेे सेना परिचालन फिर्ता नहुने स्पष्ट पारिन्।
'उपचार गर्न लगिएकोलाई मार्ने, पार्टी कार्यालयमा आगजनी गर्ने, आगलागी गर्न आउने अनि सुरक्षा गर्न सेना ब्याक फोर्सको लागि आउन नहुने?' भण्डारीले भनिन्, 'शान्ति सुरक्षाकालागि सेना परिचालन ठीक हो।' एमाले , काग्रेस र एमाओवादीले मधेसबाट सबैभन्दा बढी प्रतिनिधित्व गरेको अवस्थामा उनीहरुले मधेसको प्रतिनिधित्व गर्दैनन भन्ने कुरा हास्यास्पद भएको भन्दै उनले प्रश्न गरिन–एमालेको यादव यादव नहुने, उनीहरूका यादव यादव नै रहने? 
 संसारमा कतै पनि संविधानमा सबैको भावना पुरा गर्न नसक्ने भन्दै आफूहरुले पनि जनसंख्याको आधारमा ५० प्रतिशत महिला सहभागिता माग्दा नपाएको तर्फ ध्यान दिन सुझाव दिइन्। भण्डारीले झापादेखि कन्चनपुरसम्मको प्रदेश कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा गर्दै संविधानसभाले गर्ने निर्णयको लागि संविधानसभामा सहभागि हुनु पर्ने बताइन्। स्रोत :- लोकतान्त्रिक खबर

Labels: Nepali, Polites

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution