भट्टराईले जनकपुरकाे सभालाई सम्बोधन -'नयाँ शक्ति' अवश्य बन्छ
जनकपुर, असोज १२ - पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मंगलबार जनकपुरमा आयोजित सभालाई सम्बोधन नगर्ने भनेर जनकपुर विमानस्थल फर्के लगत्तै फेरि सम्बोधन गर्न सभास्थल गएर सम्बाेधन गरेका छन् । सुरुमा सभामा उपस्थित
अधिकांश सहभागीले संविधान जलाउनुपर्छ भनेर हुटिङ गरेपछि भट्टराईले सभामा सम्बोधन नगरी जनकपुरको यात्री निवासमा उपस्थित सर्वसाधारण र समर्थकलाई मात्रै भेटेर विमानस्थल फर्केका थिए ।
सभालाई सम्बाेधन गर्ने क्रममा उनले कांग्रेस, एमाले र एमाअाेवादी लगायतका पार्टी पुराना भएकाले नयाँ शक्तिकाे अावश्कता रहेकाे बताए । 'म यहाँ नयाँ शक्तिकाे खाेजिमा अाएकाे हुँ,' उनले भने, 'नयाँ शक्ति अवश्य बन्छ ।' उनले मधेस अान्दाेलन प्रति अाफ्नाे पूर्ण समर्थन रहेकाे बताउँदै भारतले गरेकाे अघाेषित नाकाबन्दीकाे कुटनीतिक समाधान खाेज्नु पर्ने बताए ।
जनकपुर विमानस्थलमा आइसकेपछि भट्टराईको आग्रहमा आन्दोलनकारीहरुबीच संविधान नजलाउने भन्ने सहमति भएपछि भट्टराई फेरि विमानस्थलबाट फर्केर गोपाल धर्मशालामा सम्बोधन गर्न गएका हुन् ।
उनले संविधान च्यात्नु, जलाउनुको साटो संशोधन गर्दै अघि बढ्न आग्रह गरेका छन् । केहीसमयअघि सभास्थलमा हुलहुज्जत भएको र अहिले वातावरण शान्त रहेको छ । स्रोत:- कान्तिपुर
0 comments
Write Down Your Responses