• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali » ओलीसँग लेखी आक्रोशित, पक्राउ थारुहरुलाई रिहाइ गर्न प्रधानमन्त्री सहमत
ओलीसँग लेखी आक्रोशित, पक्राउ थारुहरुलाई रिहाइ गर्न प्रधानमन्त्री सहमत

काठमाडौै, असोज १ - आन्दोलनरत थरुहट/थारुवान संघर्ष समिति र तीन दलबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको छ। वार्तामा थारु नेताहरुले तराईमा जारी धरपकडबारे ध्यानाकर्षण गराएका छन्। उनीहरुले यसअघि पेस गरेका सात सर्तहरु पूरा नगरुन्जेल वार्ताको वातावरण नबन्ने प्रधानमन्त्रीलाई जनकारी गराए।
 'तराईमा जारी धरपकड र यसअघि समितिले पेस गरेको सात सर्तबाहरे प्रधानमन्त्रीज्यूलाई जानकारी गरायौं,' वार्तामा सहभागी थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सभासद् गोपाल दहितले भने, 'उहाँले यसबारे भोलि नै बुझेर रिहाइ प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँको प्रतिबद्धता भोलि (शुक्रबार) थाहा हुन्छ।' दहितले प्रधानमन्त्री कोइरालालाई धरपकड रोकेर प्रहरीले पक्राउ गरेकाहरुलाई रिहाइ गर्न माग गरेका थिए। छाडेसम्म तराईमा जारी धरपकड बसेको बैठक बिना निश्कर्ष टुगिएको छ । बैठकबाट बाहिर निस्किँदै थारु नेताहरुले शीर्ष दल वार्ताको लागि गम्भिर नरहेको र यस्तो अवस्थामा वार्ता हुन नसक्ने बताए ।
 ओली नआएपछि लेखी आक्रोशित 
 समितिले तीन शीर्ष दलका नेताहरु सहभागी भएमात्र वार्ता गर्ने निर्णय बुधबार गरेका थिए। सोही निर्णय प्रधानमन्त्रीलाई समेत पठाइएको थियो। प्रधानमन्त्री कोइरालाले बिहीबार तीन दलका शीर्षस्थ नेता पनि वार्तामा सहभागी हुने जनाउ दिएपछि समितिको १३ सदस्यीय वार्ता टोली बालुवाटार पुगेको थियो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी नेता बाबुराम भट्टराई अनुपस्थित भएपछि थारु नेताहरु आक्रोशित बनेका थिए। 
 ओलीबारे पटकपटक प्रश्न गर्दा पनि नेताहरुले जवाफ नदिएपछि नेता राजकुमार लेखी वार्ताको नाममा नौटंकी गरेको भन्दै बैठकबाट बाहिरिएका थिए। उनले ओली र भट्टराई बिना कसरी वार्ता हुन्छ भन्दै बाहिरिएका थिए। 'हामीले तीन दलका शीर्ष नेताहरुसँग वार्ता गर्ने निर्णय गरेका थियौं। उहाँहरु नै उपस्थित नभएपछि वार्ताको औचित्व के?' उनले प्रश्न गरेका थिए। 
 वार्तामा एमालेबाट माधवकुमार नेपाल, कांग्रेसका शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दााहल र नारायणकाजी श्रेष्ठ उपस्थित थिए।
 सीमांकनलगायत थारुका माग मुद्दा नयाँ संविधानमा नसमेटिएको भन्दै विगत एक महिनादेखि
थारुहरु आन्दोलनमा छन्।

Labels: Nepali

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution