• HOME
  • About Us
  • Fine Art
  • Tourism
  • Girls
  • Literature
  • Exhibition
  • Entertainment
  • Nepali
  • VIDEO
  • Nagen Tour
    • Nepal
    • Saarc
    • Asia
    • Europe
  • Contact
Nepali, Photo » गोलरक्षक सोजित गुरुङले भने बा आमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ’
गोलरक्षक सोजित गुरुङले भने बा आमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ’

काठमाडौँ, १४,भदौ- यु–१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा टोलीका असली नायक बने गोलरक्षक सोजित गुरुङ । यसअघि सन् २०१३ को एएफसी यु –१४ च्याम्पियनसिपमा नेपाली टोलीबाट गोलरक्षकको भूमिका निर्वाह गरेका सोजित एकैपटक यु–१९ मा पहिलो रोजाइका गोलरक्षकमा देखिए ।
 प्रशिक्षक मृगेन्द्र मिश्रले उनको क्षमता देखेर नै पोस्टको जिम्मा सुम्पिएका थिए । भारतविरुद्दको फाइनल खेलमा निर्धारित समयमा आधा दर्जन प्रहार विफल बनाएका सोजितले पेनाल्टी सुटआउटमा पनि आफूलाई अब्बल साबित गरे ।
‘नेपाललाई घरेलु मैदानमा यो उपाधि दिलाउन सक्दाको क्षणलाई म शब्दमा ब्याख्या गर्न सक्दिनँ । आफैंले भारतको पेनाल्टी रोकेर देशलाई जिताउन पाउँदा निकै खुसी लागेको छ । मैदानमा धेरै बेर रुन मन लाग्यो । त्यसैले रुँदै नेपालको झन्डा बोकेर मैदानमा घुमेँ ।
मेरो खेललाई भैरहवाको ठुटीपीपलमा रहनुभएका मेरा बुबाआमाले पनि हेरिरहनुभएको रहेछ । खेल जितेपछि मैले फोन गरेँ । फोनमा बा आमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ’,सोजितले भने । निर्धारित समयमै खेल जित्ने अपेक्षा गरेका सोजितले खेल पेनाल्टी सुटआउटमा तानिने कल्पनासमेत गरेका थिएनन् रे । स्रोत:- अन्नपूर्ण पत्रिका ।

Labels: Nepali, Photo

0 comments

Write Down Your Responses

Newer Post Older Post

====ADMISSION Open For==== "PLAY GROUP- U.K.G.Class" RUPA MONTESSORI KIDS HOME. Gagangauda.

====ADMISSION Open For====     "PLAY GROUP- U.K.G.Class"    RUPA MONTESSORI KIDS HOME. Gagangauda.
Lekhanath Municipality -12,Gagangauda, Kaski. Phone:- 061-560310,9856023090,9846059148

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !

शान्ति, पर्यटन, कला प्रवर्द्धनका लागि बिश्वकला यात्रा सहयोगार्थ प्रकाशित कपी किनेर सहयोग गरौ !
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३

बिज्ञापन

बिज्ञापन
Recent Updates
Academician Nagen Art Tour
Current Comments Views

Total Pageviews

Sparkline
Copyright © 2015 www.nagennews.com- All Rights Reserved.
"WORLD ART TOURIST Academician Nagen Singh's Art Promotion"
Design by:7 Brothers IT Solution