‘नेपालमा एकमहिनाभित्रै अनिष्ट हुन्छ ’-आदित्यको भविष्यवाणी सही भएको हो त ?
१० भदौ-ठिक एक महिना अघि उपचारका लागि अमेरिका उड्दै गर्दा नेपालमा एक महिनाभित्रै अनिष्ट हुने अद्भूत बालक आदित्य दाहालले भविष्यवाणी गरेका थिए । त्यो अनिष्ट कस्तो हो भन्ने उनले केही प्रष्ट्याएका थिएनन । यदापी त्यसबेला भ्रामक समाचार सम्प्रेषण गर्ने काम भएको भनेर पनि बताइयो ।
आदित्यले १ महिनाभित्र अनिष्ट हुन्छ भनेको ठिक महिना दिनको दिन नै कैलाली घटना घट्यो । जहाँ नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मीले अनाहकमा ज्यान गुमाए । आदित्यले साउन ७ गते यस्तो भविष्यवाणी गरेका थिए । ठिक भदौ ७ गते कैलालीमा हिंसात्मक घटना घट्यो । यतिमात्रै नभएर सुर्खेत, जुम्ला लगायतका ठाउँमा पनि यही अवधिमा हिंसात्मक घटना भए, केहिले ज्यान पनि गुमाए ।
आदित्यको भविष्यवाणी सहि ठहरिएको भनेर अहिले चर्चा शुरु भएको छ । साउन ७ गते अमेरिका उड्नुअघि त्रिभुवन विमानस्थलमा आदित्य रुँदै थिए । बोल्न नसक्ने आदित्यले उपचारका लागि त्यसतर्फ जानुअघि लेखेका थिए , ‘नेपालमा एकमहिनाभित्रै अनिष्ट हुन्छ ।’ धेरैले विश्वास गरेका आदित्यले एकाएक अनिष्टको भविष्यवाणी गरेपछि आममानिसमा डर फैलिएको थियो ।
भूकम्पले तर्सिएका नेपालीहरु फेरि भूकम्प आउने हो कि भन्ने अड्कल काट्न थालेका थिए । गुगल ब्वाइका नामले परिचीत पाँच बर्षिय अदभुतबालक आदित्य दाहाल आफ्नो चामत्कारिक क्षमताले चर्चित छन् । २०६७ साउन ७ गते साधारण वालकका रुपमा जन्मिएका उनमा २०७१ असार २५ गते अचानक अलौकिक शक्ति देखिएको थियो । उनलाइ भेटन जाने सयौं जिज्ञासुको जिज्ञासा उनले मेटाइसकेका छन् । सरकारका मुख्यसचिव देखि प्रधानमन्त्री सम्मको जिज्ञासा उनले मेटाएका छन् ।
हाल उनको अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार भईरहेको छ । उनले आफैले अमेरिकाको क्यालिफोर्निया स्थित स्टेनफोर्ड हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार सम्भव हुने भविष्यवाणी गरेका थिए । उनि बोल्न सक्दैनन् । यद्यपि उनले लेखेर भविष्य बाणी गर्दै आएका छन् । निकट पारिवारिक स्रोतका अनुसार उनले अमेरिका उड्नु अघि लेखेर ‘एक महिनापछि आफू फर्किँदा नेपालमा आमूल परिवर्तन र अनिष्ट भइसक्ने’ भविष्यवाणी गरेका थिए । दलहरुको तयारी अनुसार अब केहि दिनमै संविधान जारी हुने हो भने उनले भनेझैँ आदित्य फर्किँदा नेपालमा अनिष्ट र आमूल परिवर्तन दुबै भइसकेको हुनेछ ।
कसैले सोधेको जुनसुकै प्रश्नको जवाफ हातले लेखेर दिने आदित्यमा बिश्वका हरेक कुराको ज्ञान छ । बेद र उपनिषदका श्लोक कन्ठै भएका आदित्यले जापानी, चीनिया, कोरियन, अंग्रेजी संस्कृत लगायतका भाषामा लेखिसकेका छन् ।
आफुमा दैविक शक्ति भएको बताउने आदित्यले बाल गूरुका रुपमा दिव्योपदेश दिदै आएका छन् । आदित्यका दिव्योपदेशहरु –‘भक्ति गरौ, श्रद्धा गरौं,हृदयमा करुणामय प्रेम श्रृजना गरी एकचोटी आफ्नो मुल्यांकन आफैं गरी हेरौं, आफुलाइ परमात्माको सानिध्यमा अवश्य पाउने छौं ।’ –‘बाध्यताभित्र लुकेको यथार्थ सत्य नबुझी मनोभावनाका भरमा कोही कसैलाई कहिल्यै शंका नगर्नु ।’ –‘कुकर्म गरि याचनाका लागि ईश्वर खोज्दै हिंडेको देख्दा दया जाग्छ, सत्कर्म गरी परमात्मालाई आफ्नै हृदयमा सजाउन सकिन्छ ।’ –‘धन प्राप्तीमा भन्दा ज्ञान प्राप्तीमा समय व्यतित गरौं ।’ –‘लोभ र मोह त्याग, मेरो होइन हाम्रो भन, प्राप्तीमा होइन कर्ममा बिश्वास गर, दया र धर्म नछोड ।’ –‘अरुको सेवामा आफूलाई समर्पित गर ।’ स्रोत:- खबर पत्रिका
0 comments
Write Down Your Responses